मान्छेको होइन, कोरोनाको ‘छाउ’ बारौं

आजभोलि

MCC

लोकराज अवस्थी

शब्द आफैमा सही र गलत हुदैन । अर्थ पनि त्यस्तै हो । शब्दको अर्थ कुन परिवेश भएको छ । वा हुन्छ । त्यसले त्यो शब्दसँगको साइनो उजागर गर्दोरहेछ । शब्दको प्रशंगसँग जोडिएको अर्थ कायम रहन्छ । र, समाजमा त्यही अनुसारको बुझाइ स्थापित हुदै गएपछि त्यसले त्यस्तै विम्ब दिइरहेको हुन्छ । प्रशैग हो छाउको । नेपालमा पछिल्लो समयमा छाउ भन्ने शब्द महिनावारीसँग जोडिएर हेर्ने गरिएको छ । साथै, जातीय छुवाछुतसँग पनि यसको सरोकार राखेर हेर्ने गरिएको छ । जुन शब्द सुन्दा सबैको मनमा गलत छाप परेको पाइन्छ । शब्दको बहुअर्थ हुनसक्छ । फरक फरक परिवेश हुन्छ । अर्थ नी अलग अलग हुन्छ । त्यकारण शब्द देखेर तर्सिनु पर्ने कुनै कारण नै छैन ।

सुदूरपश्चिममा बोलीचालीको भाषामा अरुबाट अलग रहनुलाई छउ (छौ) मान्नु भन्ने गरिन्छ । अहिले पनि त्यही प्रयोग गरिन्छ । तर अचेल नेपाली भाषामा यसलाई छाउ लेख्न थालिएको छ । भाषीय प्रयोगमा म गइन । छाउको अर्थ छुनु हुन्छ । छाउ बार्नु भनेको खराब वा नछुने हुन्छ । खास गरी सुदूरमा छाउलाई जोडेर फरक फरक परिवेशमा अलग अलग अथ्र्याइन्छ । जस्तैः छाउ बार्नु । छाउ मान्नु । छाउ हुनु । छाउ गर्नु । छाउ बनाउनु आदी । यसरी छाउ परिबेश अनुसारको अर्थ राख्दछ ।

छाउ बार्नुको गाँठी अर्थ भनेको नछुनु नै हो । अरुको शरीरलाई आफ्नो शरीरले नछुनु हो । उदाहरणका लागि भान्सामा खाना पकाउने भान्सेलाई अरुले नछुनु वा छाउ नगर्नु हो । सँगै बस्दा पनि एकले अर्काको शरीरलाई नजोडेर टाढै बस्नु भन्ने हो । नछोइ परै बस्नु हो । पुरुषले नचिने वा महिला वा महिलाले पुरुषलाई वा हरुलाई नछुनु नै बार्नु हो । अर्काको शरीरमा अनुमति बिना नछोएर परै बस्नु पनि हो । जस्तै, मामाले भन्जालाई, सासु ससुराले ज्वाइसँग वा नातागोतासँग नसुत्नु भन्ने मान्यता छ । अर्थ छोइन्छ भन्ने हो । आदीइत्यादी । यस्तै अरु पनि छन । जातीय वा माहिनावारीसँगको छाउ बार्नु फरक परिवेश भएकाले यहाँ उल्लेख गरिएको छ । जुन गलत संस्कार हो । यसलाई छुनु भन्दा नी सामाजिक तथा व्यक्तिगत प्रतिष्ठा र समानतासँग जोडेर हेरिनु पर्छ । जसको गलत ब्याख्या गर्न पाइदैन ।

सुदूरपश्चिमा अंगालो मार्ने तथा सँगै टाँसिएर बस्ने चलन छैन । त्यति मात्रै हैन, भेट हुँदा पनि परैबाट भलाकुसारी गर्ने चलन छ । साथीहरुमा पनि हात मिलाउने संस्कृतिको विकास पनि छैन । पछि हिन्दी फिल्म तथा पश्चिमी संस्कृतिले युवामा हात मिलाउने चलन आएको छ । हात मिलाउने चलन भित्र्याउनमा राजनीतिक दलहरुको ठूलो भूमिका रहेको देखिन्छ । तर गाउँघरमा बस्नेहरुले अहिले पनि हात मिलाउदैनन् । भेटहुँदा टाउको निहुर्याएर ढोग्ने चलन नै छ । लगभग यो नेपाल र भारतमा प्रचलनमा रहेकोछ । जुन पूर्वीय सभ्यताभित्र पर्दछ ।

प्रशंग छ, कोरोनाको । कोरोनाले संसार त्रसित छ । मानिसहरु आफैमा आतंकित छन् । अझै कोरोनाको वास्तविक औषधि तथा नियन्त्रण विधि पत्ता लागि सकेको छैन् । अनुसन्धानकै प्रकृयामा छ । कोरोना मान्छेबाट मान्छेमा शरीरिक माध्यमबाट सर्ने जनाइएको छ । सामाजिक दूरी कायम गर्नु पर्ने भएकाले कोरोनाले विश्वभरी सबैलाई अछुत बनाएको छ । शरीरलाई छोएपछि मात्र सर्ने कोरोना मानवसभ्यताको इतिहासमा नयाँ महामारी देखापरेको छ । सँगै, सामाजिक तथा व्यक्तिगत दुरीको कुरा पनि बहसमा आएको छ । जसले एक पटक फेरी आधुनिक मानवसभ्यतामाथि नै प्रश्न उठाएको छ ।

पश्चिमाहरुले पनि कोरोनाबाट बच्न पूर्वीय शैली अपनाउन थालेका छन । उनीहरु भन्न थालेका छन्, हात नमिलाउ, नमस्कार गरौं । अंगालो नहाल । चुम्वन नगर । व्यक्ति व्यक्तिबीचको सामाजिक दुरी कायम गरौ । आदीइत्यादी । हाम्रा लागि यो अवसर पनि हो । आफ्नो संस्कृतिलाई पुर्नजागरण गर्ने उचित समय पनि हो । कोरोनाबाट बच्न एकले अर्काको सम्मान सहित छाउ बार्नुको अर्को बिकल्प छैन । मान्छ्ेको हैन की कोरोनाको छाउ नबारे कोरोनाले संक्रमण गर्दछ । सामुहिक रुपमा कोरोनालाई अछुत घोषणा गर्दै छाउ बारौं । जताततै, चुलाचौका, बाटाघाटा, गाउँशहर सबैतिर कोरोनालाई बारौ । बहिस्कार गरौ ।

छाउ बार्नु भनेको अरुको अनुमति बिना उसलाई नछुनु हो । परव्यक्तिलाई विश्वास नगर्नु हो । यस अर्थमा की उसलाई रोग लागेको छ की । हात फोहर पो की? वा आफ्ना हात पो फोहर छन की? लुगाकपडा पनि फोहर हुन सक्छ । यसकारण हात नमिलाउनु बेस । हाम्रो आफ्नै शेली नमस्कार भन्दा पनि ढोग्ने संस्कृतिको विकास गरौ । ढोग्न अप्ठ्यारो लागे नमस्कार गरौ । जसले अरुको शरीर छुनबाट रोक्छ । आफन्त तथा साथीभाई सम्मान गर्दै उसँग भएको रोग तथा विकार आफूमा आउदैन । यति गरे कोरोनाले पनि छुन सक्दैन । ।

अहिले स्वास्थ्यकर्मीहरुले कोरोनबाट बच्न सामाजिक दूरीकायम राखौ भनिरहेका छन् । सँगै व्यक्तिगत भौतिक दूरी कायम गर्न सल्लाह दिइरहेका छन् । जुन सबैले अनुशरण गरिरहेका छन् । जुन हाम्रोमा पहिले देखि नै छ । हाम्रोमा भेट्दाहोस् तथा अरु कार्यमा पनि दुरी कायम गर्ने संस्कृति वा चलन रहेको पाइन्छ । उदाहरणका लागि आफन्त तथा साथीहरुसँग भेट हुँदा नी दुरी कायम गरिन्छ । नछोइकन बोलिन्छ । एकअर्काबीच समदुरी कायम गरिन्छ । अझ आफू भन्दा अग्रजलाइ त झनै सम्मानका लागि दूरी बढी कायम गरिन्छ । अहिलेको सामाजिक दूरी भनेको यही नै हो । कुनै नयाँ भने होइन ।

सुदूरपश्चिम तिर बाटोमा हिड्दा कसैले छोयो भने पनि कस्तो मान्छे रहेछ ? अरुलाई छोएर हिड्छ । हिड्न पनि आउँदैन भनेर उसलाई नराम्रो नजरले हेर्छन् । यसबाट थाहा हुन्छ की जहिले हामी सामाजिक दूरीको सिद्धान्त अपनाइरहेका छौ । तर हाम्रो समाज अचेल परिर्वतन भएको छ । आधुनिकताको नाममा फरकपन अंगली राखेको छ । जसले सांस्कृतिक मात्र नभएर मानवीय समस्या सर्जिना गरिरहेको छ । जसको पछिल्लो उदाहरण कोरोना रोक्ने नियमलाई लिन सकिन्छ । र, फेरी सामाजिक दूरीको बारेमा सम्झाएको छ ।

अब कोरानालाई भागाउने उपाए एउटै छ, त्यो हो कोरोनाको छाउ बार्ने । साथीभाई, घरपरिवार तथा आफन्त सबैसँग छाउ मानौ । नछोइ सामाजिक दूरी कायम गरौ । अहिले त आफ्नो घर बाहेक अरुतिर पनि छाउ बारौ । सडकलाई बारौ । चियापसल तथा चौतारी पनि बारौ । एकले अर्कालाई सम्मान गर्दै परै बसौ । बसालौ ।

अन्तमा, साबुनपानीसँग माया गरौ । सरफाईलाई अंगालौ । भौतिक घनिष्टता भन्दा पनि दूरी बढाउँ । नेपालीपनमा पुर्नजगारण ल्याउन सकेमा कोराना मात्र हैन अन्य धेरै रोगबाट बच्न सकिन्छ । तर सबैलाई माया बाढौ र कठिन अवस्थामा मार्कामा परेको सबैलाई सहयोग गर्नु सबैको कर्तव्य दायित्व हो । आउनुस, मिलेर महामारीको सामना गरौ ।

  • १७ चैत्र २०७६, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !