विश्व वरियतामा नेपाली राष्ट्रिय महिला भलिबल टोली ८६ औँ स्थानमा रहेको छ ।
अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभीबी) ले बिहिबार सार्वजनिक गरेको विश्व वरियतामा नेपाल यथावत रहदँै उक्त स्थानमा रहन सफल भएको हो । नयाँ वरियतामा नेपालको ५७ अंक रहेको छ । वरियताको शीर्ष स्थानमा भने चीन रहेको छ ।
त्यसैगरी अमेरिका दोस्रो स्थानमा छ भने ब्राजिल तेस्रो, इटाली चौथो र टर्की पाँचौँ स्थानमा छन् । नेपाली महिला भलिबल टोली एशियाली राष्ट्रको वरियतामा भने १७ औँ स्थानमा रहेको छ । पुरुषतर्फको वरियतामा भने नेपाल १ सय ३६औँ स्थानमा रहेको छ । नेपालको ५० अङ्क छ ।
पुरुषको वरियतामा ब्राजिल पहिलो स्थानमा छ भने पोल्याण्ड दोस्रो, अमेरिका तेस्रो, रुस चौथो र अर्जे्न्टिना पाँचाँै स्थानमा छन् । एशियाको वरियतामा नेपालको पुरुष टोली २७औँ स्थानमा रहेको छ ।