१४ वटा कार्यक्रमलाई छुट्टयाएको बजेट रोक्ने सरकारको निर्णय

आजभोलि

अर्थ मन्त्रालयले अनुत्पादक भनिएका १४ शीर्षकको खर्चमा रोक लगाउने निर्णय गरेको छ ।

कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि खर्च आवश्यक परेको भन्दै अनुत्पादक भनिएको क्षेत्रको खर्चमा रोक लगाएको हो । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण आर्थिक गतिविधि प्रभावित बनाएको भन्दै विनियोजन ऐन, २०७६ बमोजिम चालु आर्थिक वर्षको बजेटमा समावेश गरिएका केही कार्यक्रम हाललाई स्थगन गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विभिन्न निकायमा विनियोजित बजेटलाई आवश्यकताअनुसार कोरोना भाइरस रोकथाम, नियन्त्रणलगायतका प्राथमिकता प्राप्त अन्य क्षेत्रमा उपयोग गरी स्रोत व्यवस्थापन गर्नुपर्ने भएको हुँदा हाललाई बजेट स्थगित गरिएको हो ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन ०७६ को दफा २१ (१) मा रहेको व्यवस्थाबमोजिम विनियोजित बजेटमध्ये ०७६ चैत २० गतेसम्म दायित्व सिर्जना भइसकेको र बोलपत्र आह्वान भइसकेकोबाहेक बाँकी बजेट तत्काल लागु हुने गरी रोक्का गरिएको मन्त्रालयले जनाएको छ ।

  • २१ चैत्र २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !