लोकराज अवस्थी
जब म महेन्द्ररत्न क्याम्पसमा आइ.एड.मा भर्ना भए । अनि कम्युनिस्टको बारेमा थाहा पाउन थाले । त्यति बेला मनमा धेरै प्रश्न उठीरहेका थिए । जस्तै, कम्युनिस्ट किन गरिबका कुरा बढी गर्छन् ? किन गीत पनि दुखी र पीडितका मात्र गाउँछन् ? किन कसरी संसारका मजदुरहरु एक हुन्छन् ? यिनीहरुको अरु देशका मजदुरसँग के साइनो छ ? किन आफू पनि गरिबका जस्तै लुगाफाटा लगाउँछन् ? आदी इत्यादी । यी र यस्तै अरु पनि । कतिमा अझै पनि मेरो बुझाई र कम्युनिस्ट पार्टीको विचारमा फरकपन छ । केहीमा म स्पष्ट भएको छु । केही अझै पनि बाँकी छ । वैचारिक कुरा अर्को पटक ब्याख्या गरौला ।
अर्को प्रशंग छ, मलाई ठ्याक्कै मिति याद भएन । सायद २०६० सालको दशै ताकाको कुरा होला । मसहित बरबेल्का (बझाङ) बाट अधिकांश युवालाई माओवादीले काँडागाउँमा बोलाए । हामी पनि गयौ । तत्कालिन माओवादीका लगभग १५ जनाजति हातमा भरुवा बन्दुक बोकेका थिए । उनीहरुले हामीलाई नानाथारी प्रश्न सोधेर हैरान पारे । अझ मलाई त प्रतिक्रियावादी भनेर झण्डै ठटाएनन् । तर सबैको प्रतिरोधपछि त्यो हुन सकेन । तर मलाई ७ दिन गाउँ छोड्न प्रतिबन्ध भने लगाए ।
राती परिसकेको थियो । एक जना महिला कमाण्डर आएर भाषण दिन थाले । हामी विश्वमुक्तिका लागि बन्दुक उठाएको हो । उनले थपिन मजदुर (मग्दुर) वर्गको मुक्तिका लागि लडेको हो । यो रहर होइन । बाध्यता हो । जसले अबरोध गर्छ सफाया गर्छौ, आदी इत्यादी । पछि १२ बजे राती घर फक्र्यौ । बझाङको दूरदराजका ती नपढेका मजदुर पनि भन्न नआउने पनि विश्वमजदुरका कुरा गर्थे । उनीहरुको त्यो मन्त्र नै बनेको थियो । तर ती अहिले पनि उस्तै छन् । नेता शासक भएका छन् ।
नेपालमा कम्युनिस्टको नाममा खुलेको सबै राजनीतिक पार्टीले ‘संसारका मजदुर-एक हौ’ भनेर लेख्न बोल्न छोडेका छैनन् । पार्टीका लेटरहेडदेखि दस्तावेजहरुमा यो नारा छुट्दैन । झन भाषणमा दुइ भित्ता उफ्रेर चर्को स्वारमा गफ हान्छन् । मजदुरको नाम उच्चारण नगरे के को कम्युनिस्ट ? सायद उनीहरुले संसारका मजदुर एक हौं भन्नुको अर्थ वर्गिय कुरा गरेका होलान । मजुदरको मुक्ति होला । श्रमिकको उचित ज्यालाको कुरा होला । उनको उत्पीडनको कुरा होला । वा, अरु यस्तै यस्तै होलान ।
कम्युनिस्ट पार्टीले आर्दश कार्ल मार्क्स, लेनिन वा माओका विचार मान्ने गरेको दाबी गरिहेका छन् । चिया गफमा पनि यिनीहरुको नाम दिन छुटाउदैनन् । तर अहिले त नेपालमा अहिले कम्युनिस्टको बलवान सरकार छ । अर्थात् सिद्धान्ततः मजदुरको सरकार छ । मजदुरमैत्री शासन व्यवस्था छ भन्ने हो । मजुदरमुक्तिका लागि सरकार छ । मजदुरको उचित सम्मान छ । उचित ज्याला छ । अर्थात् नेपाल वर्गविहीन समाजउन्मुखतिर जानु पर्ने हो । सरकारको प्राथमिकता गरिब, श्रमिक, मजदुर तथा उत्पीडित वर्गको मुक्ति हुनु पर्ने हुनुपर्छ । नभए कसरी कम्युनिस्ट सरकार हुन्छ ? केका लागि कम्युनिस्ट सरकार? केको लागि कम्युनिस्ट सरकार? भन्दैछन् होला मजदुरहरु ।
विश्व कोरोनाको बृहतव्याधीको चपेटामा परेको छ । नेपाल पनि त्यसको भूमरीमा परेको छ । अहिले विश्व लकडाउनमा छ । नेपाल पनि । नेपाल लकडाउनको चाथौं हप्तामा रहेको छ । जनजीवन संकटपूर्ण हुँदैगइरहेको छ । खासगरी मजदुर तथा गरिबीको रेखामुनी रहेकाहरुको जीवन झनकष्टर बनेको छ । त्यसमा पनि घर छोडर कामका लागि टाढा गएका मजदुर सायौं माइल पैदल हिड्न बाध्य छन् । भोकै दिन बिताइरहेका छन् । जुताचप्पल फाटेर खाली खुट्टा हिड्न बाध्य छन् । जुन दृश्य दर्दनाक छ । पीडादायी छ ।
सडकमा कामदार तथा मजदुरको लस्कर हेर्दा लाग्छ, उनीहरु देश निकाला गरिएका हुन् । उनले ठूलो अपराध गरेकोले शासकले सजाय दिइरहेको छ । र, उनीहरु बिरानो देशका अनगारिक झै देखिएका छन् । उनीहरुको राज्यसँग कुनै हक नै लाग्दैन । राज्य र सरकार उनीहरुको होइन । र सरकारका पनि उनीहरु हैनन्, जस्तो आभास हुन्छ । ।
लकडाउन पछि श्रमिको अवस्था कस्तो रह्यो भनेर तीन ओटा प्रतिनिधिमुलक घटनाहरु हेरौ । कसरी मजदुरले फिल्मी कथा जस्तो लाग्ने पीडा भोगको छन् । कसरी उनीहरु सयौ माइल पैदल हिडेर घरसम्म पुगे । यस्ता अरु पनि घटना धेर छन् ।
घटना एक
सुदूरको कैलालीबाट कामका लागि पूर्व सोलु पुगेका १५ जना मजदुर काम बन्द भएपछि हिडेर भएपनि घरसम्म पुगे । कामको लागि उनीहरु सोलुखुम्वुको मार्भुदोभानमा रहेको हाइड्रोमा काम गरिहेको थिए । काम चैत १० गते बन्द भयो । कम्पनिले घरसम्म पुर्याउने भनिए पनि जिल्ला प्रशासन कार्यालयले पास नदिएपछि हिड्ने निधोमा पुगे । प्रहरीले पनि हिडेर जाने सल्लाह दियो । काम बन्द भएको १० दिनपछि २१ गते राती कैलालीका लागि हिडे । उनीहरुमध्येका एक जानले संचारमाध्यमलाई भने, हामी त परदेशी भैगेउ । परदेशमा के हुन्छ र ? परदेशमा मर्नु भन्दा मरे पनि घरमै मरुला । सुन्दै नमाज्जा लाग्ने यो भनाइले गहन प्रश्न खडा गरेको छ । कसरी मजदुरमन लनगि आफ्नै देश परदेश भयो ? किन उनीहरुलाई आपनत्व अनुभव भएन ? आदी ।
लामो यात्रमा उनीहरु गाउामा बास नपाएर जंगलमा सुते । बाटोमा पानी पर्दा भिज्दै हिडे । खोलाको पानीले तिर्खा मेटाए । सानो डेक्चीमा १५ जनालाई खिचडी पकाएर खाए । बाटोमै पैशा सकियो । काठमाडौं कठिन बसाइृ पनि भोगे । फेरी कठिना यात्रासँगै घर पुगे । घर जामजाम जे होला होला पैदल यात्रा रोजे । आधुनिक समाजमा सुन्दा पनि नपत्याउने कठीन यात्राले सरकारप्रति कर्यौ प्रश्न तेर्सीएका छन् ।
घटना दुई
सामाजिक संजलामा एउटा फोटो निकै भाइल भएको छ । चर्चामा छ । जसले आधुनिक समाजलाई गिज्याइरहेको छ । एउटा मजदुरले महिलालाई काँधमा बोकेर हिड्दै गरेको फोटोले सबैको ध्यान तानेको छ । काँधमा बोकेको महिलाको खुट्टामा चप्पल पनि छैन । अनुहार निकै मलिन देखिन्छ । सामान्य खालको लुगा लगाएको छ । पुरुष मजदुरहरुले सकीनसकी काँधमा बोकेको स्पष्ट देखिन्छ । उनीसँगै अरु मजदुरहरु रहेको फोटोमा मेखिन्छन । सबैको हालत उस्तै देखिन्छ । सबै मजदुरहरु काँध र पिठ्युमा आ आफ्नो भारी बोकर पैदल गन्तव्य हिडिरहेका छन् । जसले सबैका आखा रसाएका छन् । पश्न उठ्छ, के मानवीयतासँगै संवेदना हराएको हो त ?
घटना तीन
रामेछाप मन्थलीका ६३ वर्षिया भीमबहादुर लामा ७ दिन हिडेर काठमाडौंहुँदै रामेछाप पुगे । ज्यालादारी कामका लागि म्याग्दीको दरवाङमा कामगर्दै आइरहेका थिए । काम गर्दागर्दै लकडाउन शुरु भयो । काम बन्द भयो । बस्ने कुनै उपाय नै भएन् । घर आउन यातायातका साधन पाएनन् । अन्तमा हिडेर घर आउने निधो गरे । पोखराहुँदै काठमाडौंको पैदल यात्रा तय गरे । उनी बाटोमा कतै मन्दिरमा बसे त कतै प्रतिाक्षालयमा बसे । बुढ्यौली ज्यान जबरजस्ती हिडेर रामेछाप पुगे । तर पीडाको कुनै सिमा र हिसाब नै रहेन ।
बाटोमा लगभग ७० भन्दा बढी एम्बुलेन्स तथा ट्रकका लागि हात उठाएर रोक्न खोजे । तर कसैले रोकेनन् । चाथौ दिन प्रहरीले दिएको चाउचाउ आएर हिडे । तर राती भोकै सुते । काठमाडौैं पुग्नेबेला उनको खल्तीमा ५० रुपँया बचत रहेछ । बुढेशकालको यो ज्यालादारीले मजदुरको अरु बेलाको अवस्था पनि दर्शाएको छ ।
अब भन्नुस त, नेपालमा कम्युनिस्ट सरकारको कुरा त नगरौं । यो असान्दर्भिक हुन्छ होला । सरकार छ की छैन् ? तपाई भन्नुहोला छ । म भन्छु छैन् । फेरी तपाईको दाबी आउँला सरकार नहुने हुन्छ ? छ नी । म भन्छु, तपाइ र मेरा लागि सरकार छ होला । तर ती मजदुरका लागि सरकार छैन् । ती मजदुरको सरकारसँग कुनै सरोकार नै छैन । उनीहरुका लागि सिंहदबार उतिबलाको लंका जस्तै छ । भन्छन नी, लंकामा सुन छ, कान मेरो बुच्चै !
अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीको पुरानो पार्टी नेकपा एमाले मजदुरको काँधमा चढेर सत्तामा पुगेको घाम झै छर्लंगै छ । नेपालमा मजदुर भित्र राजनीति छिराउने एमाले पहिलो पार्टी हो । मजदुर संगठितको नाममा हर क्षेत्रमा पार्टीगत राजनीति घुसाए । तल्ला तहका मजदुरलाई लोभ्याएर संगठन बनाए । आर्थिक श्रोत र राजनीतिक शक्ति उनीहरुकै भरमा आर्जन गरे । जुन अहिले प्रशासन क्षेत्रकै ठूलो रोग सावित भएको छ । तर नेकपाले अचेल मजदुर भुल्यो । ठेकेदार, तस्कर दलाल र कालाबजारीको सामिप्यता बढ्यो । मजदुर बिराना भए । उनीहरुको औचित्यता सकियो । पार्टी नयाँ चरणमा प्रबेश गर्यो । पार्टी मजदुरको रहेन ।
प्रधानमन्त्री ओलीका नजकियाहरुको भनाई सुन्दा उनी राती सबैको अपडेट लिन्छन । सामाजिक संजाल आफै हेर्छन । पक्कै पनि उनले मजदुरका यी मुटु हल्लाउने फोटा तथा भिडियो हेरे होलान । उनी भुमिगत रुपमा काम गर्दाको याद आयो होला । अर्थात् चाइनिज पलास्टिक चप्पल सहितका कम्युनिस्ट लुगा लगाएर पहिलो पटक काठमार्डौ आएको घटना फ्ल्यास ब्याक भयो होला । र, आफैलाई प्रश्न पनि गर्नुभो होला । म त्यस्तो थिए त ? दोबिधा परे होलान । विश्वास पनि गरेनन होलान । त्यो भन्दा पनि उत्सुकता, यी दुख पाएका मजदुरको बारेमा के सोचे होलान ? दर्दनाक फोटो हेरेपछि पनि कसरी आफ्नो मुटु थामे होलान ? हुन त शासकको मुटु बलियो नै हुन्छ । त्यसमा पनि कम्युनिस्ट शासकको मुटु त अझ चट्टान जस्तै हुन्छ रे !
मेरो निश्कर्ष, विश्वमा पूजीवादको विकल्प भएजस्तै नेपालमा कम्युनिस्ट शासनको विकल्प खोज्नु पर्छ । औचित्य समाप्त भएको छ । सँगै, नेपालमा भएका सबै राजनीतिक दलका कार्यकर्ताको भर्तिकेन्द्र ट्रड युनियन तथा संगठनहरु भंग गरिनुपर्छ । जसको कुनै आवश्यकता छैन् । त्यस्तै, स्थानीय तह पनि गैरजिम्मेवार देखिए । उनीहरुले चाहेको भए मजदुरको सहज व्यवस्थापन गर्न सकिन्थ्यो । उनीहरु चुके । समग्रमा, राज्य प्रणाली तथा सरकार संचालनको विधिमै खोट देखियो । सरकारको क्षमतामाथि प्रशस्त प्रश्न उठेका छन् । जसले नयाँ परिवर्तनको खाका तयार गरहेको छ ।