लकडाउनको समयमा पनि विमानस्थलको धावनमार्ग निर्माणको काम जारी

आजभोलि

लक डाउनका कारण देशका अधिकांश आयोजनाका निर्माण कार्य ठप्प भएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणको काम भने रोकिएको छैन् ।

कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले जारी गरेको लकडाउनमा सामाजिक दुरी कायम गर्दै निर्माणको काम भइरहेको हो । ३ हजार ५० मिटर रहेको विमानस्थलको धावनमार्गमा ३ सय मिटर बढाउने गरी काम भइरहेको छ ।

धावनमार्ग निर्माण कार्यको अनुगमन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विमानस्थलको क्षमता बढाउन एवं अवतरण र उडानमा थप सुरक्षा प्रत्याभूत गर्ने विषयमा ध्यान दिइएको बताए ।

विमानस्थल विस्तारको काम भइरहदा प्रयाप्त सुरक्षा सतर्कता अपनाइएको समेत मन्त्री भट्टराईले बताए । यस्तै हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका प्रमुख मुरारी भण्डारीले लक डाउनका कारण काम गर्न सहज भएको बताए ।

आयोजनाको काम सिभिलतर्फ ७४ प्रतिशत सम्पन्न भएको छ । २०७७ असार १० गतेभित्र सम्पन्न गर्नेगरी २०७५ साल पुस १८ गते निर्माण सम्झौता भएपनि सम्झौता मिति अगावै काम पुरा हुने निर्माण कम्पनीले जनाएको छ । अबको दुई हप्ताभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको निर्माण कम्पनी कालिका टुंण्डी जेभीको सब कन्ट्रयक्टर ए वान विल्डर्स प्रालिले बताएको छ ।

  • ९ बैशाख २०७७, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !