सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ ।
बिहीबार बस्ने तय भएको स्थायी कमिटि बैठकका एजेण्डा तयार पार्न बसेको सचिवालय बैठकले कुनै निर्णय गर्न नसक्दा स्थायी कमिटि बैठक समेत स्थगित भएको छ ।
बुधबार बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बैठकको प्रस्ताव तयार पार्न नभ्याएको बताएपछि अनिश्चितकालका लागि स्थगित भएको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सचिवालय बैठक बिचमै छाडेर जानुभएपछि आजको बैठकले कुनै निर्णय नगरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
प्रवक्ता श्रेष्ठले प्रधानमन्त्रीको व्यस्तता र स्वास्थका कारण बैठकबाट निस्किनुभएको बताए । यसअघि बसेको सचिवालय बैठकले २५ गते स्थायी कमिटीको बैठक बोलाएको थियो ।