काठमाडौं । संघीय संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ ।
बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ । बैठकका लागि सामाजिक दुरी कायम गरी बस्ने व्यवस्था मिलाइएको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी सचिवालयले सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ ।
सांसदहरुको कोरोना परीक्षणका लागि बिहीबार स्वाब संकलन गरिएको थियो । सांसदहरुले कोरोना नभएको रिपोर्ट देखाएर मात्रै संसदमा प्रवेश पाउनेछन् । त्यस्तै पत्रकारलाई कलम र डायरी लिनसमेत बन्देज गरिएको छ ।