प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले कोभिड १९ ले पुर्याएको क्षति र भविश्यमा पार्न सक्ने असरको आकलन गर्न नसकेको आरोप लगाएको छ ।
प्रतिनिधिसभाको आईतबारको बैठकमा आर्थिक बर्ष २०७७÷७८ का लागि सरकारको बार्षिक नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाले पुर्याएको क्षतिको ज्ञान नै नभएको टिप्पणी गरेका हुन् ।
उनले सरकार जनताको दुखप्रति संवदेनशीलन नभएको तथा उनीहरुको पीडा बुझ्न सक्ने हृदय नै नभएको पनि आरोप लगाए ।
उनले महामारीको समयमा जनताले सरकार भएको अनुभूति गर्न नसकेको तथा महामारीको नियन्त्रणको तयारी गर्न सरकार पुर्ण रुपमा चुकेको दाबी गरे ।
नीति तथा कार्यक्रममा सरकारले आफ्नो प्रशंसा गरेको, निकै काम गरेको दाबी गरिएको भन्दै उनले प्रधानमन्त्रीले दुई बर्षका नीति तथा कार्यक्रम पुन एकपटक पढ्न प्रधानमन्त्रीलाई आग्रह गरे ।
.
महामारी संगै सरकारले अबलम्बन गरेको लकडाउने उत्पन्न गराएको समस्याको समाधान तर्फ सरकारको नीति तथा कार्यक्रम उन्मुख नभएको उनको टिप्पणी छ ।