काठमाडौं । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७७०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट ल्याएको छ ।
आज संघीय दुबै सांसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेका हुन् । डा. खतिवडाले ९ खर्ब ४८ अर्ब रुपैयाँ पुँजीगत खर्च अन्तरग छुट्याइएको जानकारी दिएका छन् । त्यस्तै ३ खर्ब ५२ अर्ब चालु खर्चका लागि छुट्टयाइएको जानकारी पनि दिए । सरकारले वित्त व्यवस्थापनका लागि १ खर्ब ७२ अर्ब छुट्याएको छ ।
राजश्वबाट ८ खर्ब ८९ अर्ब र ५९ अर्ब आम्दानी हुने, अनुदान र विदेशी ऋण २ खर्ब ९९ अर्ब र आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब आन्तरिक ऋणबाट जुटाउने सरकारको योजना छ ।
जुन गतवर्षको भन्दा ५८ अर्बले कम हो ।