सुनको मूल्य तोलाको ९४ हजार ५ सय रुपैयाँ कायम

आजभोलि

नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड बनाएको छ ।

सुनको मूल्य तोलामा एकैदिन ५ सय रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार ५ सय रुपैयाँले बढेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

सुनको मूल्यमा यो हालसम्मै उच्च हो । बिहीबार तेजावी सुनको मूल्य भने तोलामा ९४ हजार ६५ रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको भाउ आज तोलामा १० रुपैयाँ बढेर तोलाको १ हजार १ सय ४५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।
लगातार भाउ उक्लिरहँदा कारोबारमा निकै मन्दी आएको महासंघले जनाएको छ ।

  • ८ श्रावण २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !