सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक स्थगित

आजभोलि

सत्तारुढ नेकपाको आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । पार्टीका दुई जना अध्यक्षकाबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

पार्टी स्थायी कमिटीको बैठक आज बिहान ११ बजे बोलाइएको थियो । विवादित विषयमा नेताहरुबीच कुनै सहमति नजुट्दा बैठक स्थगित हुँदै आएको छ । अध्यक्ष पुष्पकमल दााल प्रचण्ड र वरिष्ठ माधवकुमार नेपाल समूहले अर्का अध्यक्ष केपी शर्मा ओलीले नमाने पनि मंगलबारको बैठक नरोक्ने बताएको थियो । उनीहरुले आवश्यक परे केन्द्रीय समितिको बैठक समेत बोलाउने तयारी एकसाथ अघि बढाएका बताइएको थियो ।

सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको शीर्ष नेताहरुको छलफलले ओलीले रोक्न चाहे पनि बैठक नरोक्ने निर्णय गरेको थियो । स्थायी समिति बैठकमा केपी ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने एजेण्डा प्रवेश गरेपछि असार १८ गतेदेखि सहमतिका भन्दै बैठक लगातार बैठक स्थगित हुँदै आएको छ।

  • १३ श्रावण २०७७, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !