काठमाडौं । नेपाली कांग्रेस (वीपी) का महामन्त्री सुशिलमान शेरचन बालुवाटारबाट पक्राउ परेका छन् । बालुवाटारमा भीख माग्ने कार्यक्रम गरिरहँदा नेपाल प्रहरीले उनी सहितका नेता आधा दर्जन नेता पक्राउ गरेको छ ।
नेपाल सरकारले बिना जानकारी लकडाउन गरी मजुदुर, विद्यार्थी तथा गरीबलाई मार्का परेको भन्दै बिरोध प्रर्दशन गरेको थियो । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अग्रपंतिमा खटिएलाई पीपीइ तथा भत्ता दिनु पर्ने सहितका माग राखेका थिए । भ्रष्टाचार तथा अनियमितता रोक्नु पर्ने लगायतका माग रहेको महामन्त्री शेरचनलृ बताए ।
पक्राउ परेपछि प्रहरीको भ्यानमा प्रधानमन्त्री खड्ग प्रसाद ओली बिरुद्ध चर्को नाराबाजी भएको थियो ।
प्रहरीले पानीको फोहरा प्रयोग गर्दै प्रर्दशनमा रहेका वीपी कांग्रेसका नेताहरमाथि जबरजस्ती समेत गरेको छ । पानीको फोहराबाट महामन्त्री शेरचन घाइते भएको छन् । जनता भोकले मर्दैछन्, वीपी कांग्रेस भीख माग्दैछ भन्ने प्ले कार्ड सहितको प्रर्दशन गरिएको थियो ।