काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको पुष्टि भएको छ। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार यसको पुष्टि गरेका हुन्।
बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र रअ प्रमुख गोयलबीच भेटवार्ता भएको प्रेस सल्लाहकार थापाले जनाएका छन्।
‘भेटका क्रममा उहाँ(गोयल)ले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राख्नु भयो’ थापाद्वारा जारी प्रेस नोटमा भनिएको छ।