काठमाडौं । नेपाल सरकारले दशैलाइ लक्षित गरी महंगी तथा अनियमितता नियन्त्रण गर्न बजार अनुगमन गर्ने जनाएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले दशै बजारमा आm बढी र प्रभावकारी अनुगमनलाई निरन्तरता दिइने बताए ।
बजार अनुगमनका क्रममा समेत अुनचित क्रियाकलाप वृद्धि हुँदै गुनासो बढेकोले अनुगमन जारी राखेको उनले बताए । बिदाको समयमा धेरै कालोबजारी हुने गरेको छ , यसलाई रोक्न नियमित अनुगमन आवश्यक रहेको बताए ।
उपत्यकाका तीनै जिल्लाका विभिन्न स्थानमा अनुगमन टोली परिचालित हुने उनले जनाए । विभागले कालोबजारी वा अनुचित व्यापारिक क्रियाकलाप भएमा टोल फ्री नम्बर ११३७ मा सम्पर्क गरी गुनासो तथा सूचना दिन आमउपभोक्तालाई अनुरोध गरेको छ ।