प्रवीण भट्टराईको स्थलगत रिपोर्ट,
हाम्रा प्रत्येक गाउँघरहरु सुनसान छन् । अचेल हाम्रा गाउँ घरघरहरुमा बुढापाकाहरु मात्र भेटिन्छन् । र खोज्दै जाने हो भने हाम्रा ती गाउँबस्तीहरुमा युवायुवतीहरु छैन् । विभिन्न कारणहरुले गर्दा उनीहरु आफ्नो गाउँघरदेखी टाढा भएका छन् । त्यस्तै, उनीहरुलाई गाउँघरहरु मनाइने सामाजिक कार्यक्रमहरु र समारोहहरुमा पनि पाउन र देख्न सकिदैन । तसर्थः युवायुवतीहरु गाउँघरमा नहुनुका पछाडि धेरै कारणहरु छन् ।
नेपाल सरकारले गरेको राष्ट्रि«य जनगणना २०६८को प्रारम्भिक प्रतिवेदन अनुसार नेपाल अधिराज्य भरी २,६६,२०८०९ को सँख्यामा मानिसहरु छन् । उक्त जनसँख्या मध्ये १२९२७४३१ पुरुष र १३६९३३७८जना महिला रहेका छन् । जुन जनसँख्या बि.स.२०५८ सालमा सम्पन्न भएको राष्ट्रि«य जनगणनाले देखाएको जनसँख्या २३१५१४२३ भन्दा ३४६९३८६ ले बढी छ । यसरी बि.स.२०५८ साल देखी बि.स.२०६८ सालको १० बर्षे अवधिमा नेपालको जनसँख्या करिव १४.९९ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, बिगत दश बर्षको अवधिमा जनसँख्यामा आएको बार्षिक वृद्धिदर भने करिब १.४० प्रतिशत रहेको छ । तर, बि.स.२०४८ देखी २०५८सम्मको दश बर्षको अवधिमा भने जनसँख्या भएको बार्षिक वृद्धि करिव २.२५ थियो ।
त्यसैगरी, बि.स.२०६८मा सम्पन्न भएको राष्ट्रिय जनगणना अनुसार नेपाल अधिराज्यका बिभिन्न स्थानबाट करिव १९१७९०३ जना मानिसहरु गाउँघरबाट बैदेशिक रोजगारीका लागि बिभिन्न मुलुकहरुमा पुगेका छन् । उक्त जनसँख्या मध्ये १६६३२३७ (८६.७ प्रतिशत) पुरुष र २५४६६६ (१३.३ प्रतिशत) महिला छन् । त्यस्तै, प्रदेशहरुका आधारमा बैदेशिक रोजगारीको लागि गएका कुल जनसँख्यालाई विभाजन गर्ने हो भने तराई प्रदेशबाट ८११८८०, पहाडी प्रदेशबाट ९९८०८७ र हिमालबाट १०७९३६ जना मानिसहरु बैदेशिक रोजगारीमा विभिन्न देशहरुमा गएको प्रतिवेदनले देखाउँछ ।
वैदेशिक रोजगारिका लागि बिदेशिएकोे उक्त तथ्याँकलाई हेर्दा सहरी क्षेत्रबाट मात्र १४.६ प्रतिशत र ग्रामिण भुभागबाट ८५.४ प्रतिशत मानिसहरु बैदेशिक रोजगारीका लागि गएका छन् । तर, दशबर्ष अघि बि.स.२०५८ सालमा भने बिदेश जानेहरुको सँख्या ७६२१८१ थियो । जसमध्ये पुरुष ६७९४६९ (८९.१ प्रतिशत) र महिला ८२७१२ (१०.९ प्रतिशत थियो । जिल्लागत रुपमा भने झापा, मोरड, रुपन्देही र कैलाली बाट मात्र ६० हजारभन्दा बढीको जनसँख्या बिदेशिएको देखिन्छ ।
त्यसैगरी, राष्ट्रि«य जनगणना २०६८ लाई नै आधार मान्ने हो भने शहरी क्षेत्रको तुलनामा ग्रामिण क्षेत्रमा जनसँख्याको वृद्धि कम रहेको छ । यस सँग सम्बन्धित प्रतिवेदन अनुसार शहरी क्षेत्रमा बार्षिक ३.३८ प्रतिशत र ग्रामिण क्षेत्रमा भने बर्षिक वृद्धि दर १.०३ भएको देखिन्छ । त्यस्तै, बि.स.२०६८ सालको जनगणनालाई नै आधार मान्ने हो भने हिमाली प्रदेशमा ०.६२ प्रतिशत, पहाडी प्रदेशमा १.१३ प्रतिशत र तराई प्रदेशमा १.७५ प्रतिशतले जनसँख्यको बार्षिक वृद्धिदर भएको देखिन्छ । तर, बि.स.२०५८ सालसम्ममा भने हिमाली प्रदेशमा १.५८ प्रतिशत, पहाडी प्रदेशमा १.९७ प्रतिशत र तराईमा २.६२ प्रतिशतले जनसँख्यामा बार्षिक वृद्धिदर भएको थियो ।
वि.स.२०६८ सालमा सम्पन्न भएको राष्ट्रिय जनगणनालाई नै आधार मान्ने हो भने जिल्लागत रुपमा जनसँख्या वृद्धिदरको अनुपातलाई विष्लेषण गर्दा पहाडी र हिमाली जिल्लाहरुमा कम दरमा जनसँख्याको वृद्धि भएको देखिन्छ । साथसाथै, अधिकाँस हिमाली तथा पूर्वी नेपालका पहाडी जिल्लाहरुमा जनसँख्या वृद्धिदर क्रृणात्मक रहेको तर तराईका जिल्लाहरुमा भने अन्य क्षेत्रको तुलनामा जनसँख्या वृद्धिदर उच्चरहेको छ । त्यस्तै, काठमाण्डौँमा जनसँख्याको बार्षिक वृद्धिदर ४.७६ प्रतिशत र मनाङ्गमा जनसँख्याको बर्षिक वृद्धिदर माइनस ३.८४ रहेको छ ।
अतः प्रदेशगत रुपमा भएको बैदेशिक रोजगारीको प्रवृति र ग्रामिण र सहरी क्षेत्रहरुमा भएको जनसँख्या परिर्वतन र वृद्धिदरलाई आधार मान्ने हो भने एक ठाउँबाट अर्को ठाउँमा बसाई सरेर जानेहरुको सँख्या उल्लेखिय रुपमा वृद्धि भएको छ । ती बसाई सर्ने मानिसहरुको उमेर समूहलाई अध्ययन गर्ने हो भने ती जनसँख्यामा बहुसँख्यक युवावर्गहरु नै पर्दछन् । र उनीहरु नै गाउँहरुबाट क्रमसः सहरी क्षेत्रहरुतर्फ गएको पनि प्रष्ट छ । त्यस्तै, नेपाली युवायुवतीहरु अन्य विविध कारणहरु (बिवाह, अध्ययन, रोजगारी, भौतिक सुविधा आदी) ले गर्दा पनि आफ्नो पुर्खेउली गाउँ ठाउँबाट अन्यत्र जाने गरेका तथ्य हामी सँग प्रसस्त मात्रा छन् । त्यसैले पनि हाम्रा गाउँ घरहरु यूवाहरु बिहिन र सुनसान छन् ।
त्यस्तै, युनाइटेड सेन्सस व्युरोले निकालेको एक प्रतिवेदनका अनुसार विश्व भरी करिव सात विलियन मानसिहरु विभिन्न स्थानमा बस्ने गर्दछन् । जसमध्ये १.२ बिलियनको सँख्यामा युवा नागरिक छन् । जुन युवाको प्रतिशत जसमध्ये ९० प्रतिशत विकासिल मुलकहरुमा बसोबास गर्दछन् । तर, नेपालमा भने १५ देखी २९ बर्ष उमेर समुहका करिव ६.१३१ मिलियन युवाहरु नेपालमा छन् । जुन युवा जमात कुल जनसँख्याको २६.५ प्रतिशत हुन आउँछ । तर, नेपाली युवाहरु बिषेशतः नेपालको अस्थिर राजनीतिक घटना क्रमवाट प्रभावित छन् ।
तसर्थः उक्त अन्यौल पूर्ण राजनीतिक घटनाक्रमको प्रभाव प्रत्यक्षरुपमा उनीहरुको आर्थिक, सामाजिक, सँस्कृतिक, शैक्षिक र स्वस्थ्यका सबालमा पर्न गएको छ । त्यसैले, नेपाली युवाहरु आर्थिक रुपमा सम्पन्न बन्न सकेका छैनन् । त्यसैगरी, युवाहरु उनीहरुको सामाजिक र सँस्कृतिक चालचलन र रितिरिवाजहरुको बारेमा सहज ढँगबाट जानकारी र सूचनाहरु दिन असमर्थ छन् । त्यस्तै, उनीहरुको शैक्षिक अवस्था पनि राम्रो हुन सकेको छैन । साथसाथै, स्वस्थ्यको सवालमा पनि उनीहरु आफै पुर्णरुपमा सुरक्षित र सचेत बन्न सकेका छैनन् । त्यसैले उनीहरुको भविष्य अन्यौलपूर्ण बन्दै गएको छ । त्यही अन्यौलपूर्ण भविष्यलाई राम्रो बनाउन विभिन्न उद्देश्यहरुका प्राप्तिका लागि उनीहरु आफ्नो गाउँबस्ती छोड्दै प्राय देशकै सहरी क्षेत्रहरुमा र देशभन्दा बाहिर विभिन्न स्थानहरुमा जाने हामी सँग प्रसस्त उदाहरणहरु छन् ।
रामजीवन शाहा (२६) धनुषा जिल्ला खजुरी ४ का स्थाई बासिन्दा हुन् । उनले पनि आफ्नो गाउँ छोडेको आठ बर्ष भयो । उनी काठमाण्डौंको कलँकीमा भने तीन चार बर्ष यता देखी सवारी साधनमा राजधानी बाहिर र भित्र बिभिन्न स्थानहरुमा यात्रा गर्ने यात्रुहरुलाई पानी, चना, केराउ र दालमोट बिक्रि गर्दै आएका छन् । ती सामानहरुको बिक्रीबाट आएको मुनाफाले नै उनले चार जनाको परिवार पलिरहेका छन् । दैनिक रुपमा सातसय सम्म कमाउने उनले कलँकी ढुगाँअड रहेको भाँडा लिएको घरलाई मासिक पच्चिस सय तिर्दछन् । त्यस्तै, एल् केजिमा पढ्ने सानी छोरीको पढाइका लागि उनी स्थानीय गँगा सेकेन्डरी बोर्डिङ्गमा बुझाउँछन् । प्रत्येक दिन बिहान सात बजे देखी दश बजेसम्म र बेलुका दुई बजेदेखी सात बजेसम्म उनी सडकमा आई सकेका हुन्छन् । र बसपार्क छेऊछाउ आफ्ना सामान किनीदिन सवारीका साधनहरु भएर यात्रा गर्ने यात्रुहरुलाई आग्रह गर्दछन् ।
गाउँले दाजुभाइहरुको उपलब्ध गराएको प्रन्ध्र सयबाट सुरु गरेको उक्त व्यवसाय गर्नुभन्दा पहिले उनले भारतको दिल्लीमा अवस्थित एक दुर्गा मन्दिरमा सरसफाईको काम गरेका थिए । तर, उनी आफ्नो काम व्यवस्थित हुन नसकेको भने चिन्तित छन् किन भने पछिल्लो समयमा दिवा तथा यात्रीबसहरुमा चोरीका घटनाहरु दैनिक रुपमा बढ्दै गएको छन् । र ती सबैको जिम्बेबारी वा कारण प्रायले सडकमा उनीजस्तै पेशा तथा व्यवसाय गर्नेले हो भन्दछन् । त्यसैले उनी भन्दछन्, “प्रहरीले सावरीसाधन भित्रै गएर सामान बेच्न प्रतिबन्ध लगाएको छ ।” त्यसैले पनि उनी एक दुई लाख रुपैया आफै सँग भए उक्त पेशा छोडेर सहरकै कुनै स्थानमा सटरबाट किनारा पसल खोल्लने बताउँछन् । तर उनी भन्दछन्, “ म सँग किराना पसल खोल्ने पर्याप्त पैसा छैन ।”
तर, उनी आफु कलकारखानामा काम गर्न सक्ने बताउँछन् । देशमा युवा बेरोजागहरुको सँख्या उल्लेखीय रुपमा बढ्दै गएकोमा उनी सचेत छन् । त्यसैले, उनी भन्छन्, “सरकारले युवा वर्गलाई लक्षित गर्दै शिपमुलक तालिम कार्यक्रमहरु तुरुन्तै सञ्चालनमा ल्याउनु पर्छ ।”
युवा पिढीँलाई देशको बलियो आधारस्तम्भ मानिन्छ । प्रत्येक देश युवा सोच र बिचारले नियन्त्रित र परिचालित हुन्छ भनिन्छ । र युवा वर्गको बिचार र योजनाले नै देशलाई सहि बाटो तर्फ वा विकासको पथ तर्फ लैजान आधार तयार गर्दछ भनिन्छ । त्यस्तै, युवा वर्गकै कारणले देशलाई र्दुगामी असर पनि पार्दछ । तर, नेपालमा भने यूवा जोश र जाँगरको सहि परिचालन हुन सकेको छैन । त्यसैले पनि देशमा यूवा वेरोजागरीहरुको सँख्या बढ्दै गएको छ । हो उनीहरु देशका बलिया खम्बा हुन् । र देशका गहना पनि हुन् । र उनीहरुले नै नेतृत्वदाई भुमिकामा आफुलाई उभ्याउन सक्छन् ।
देश सँघीय लोकतान्त्रीक राज्य प्रणालीबाट सञ्चालित हुने दिशातर्फ गइसकेको छ ।
सँघीय लोकतान्त्रीक राज्य प्रणाली अनुरुप देशको पुननिमार्ण गर्ने शिलसिलामा राज्यका प्रत्येक निकायहरुमा युवाहरुको उत्साहपुर्ण रुपमा सहभागिता र सँलग्नता हुनुपर्नेमा सो नभएर नयाँ राज्य सँरचनामा राज्यका विभिन्न अँग तथा तहरुमा युवाहरुको सहभागिता झन झन घट्दै गएको छ । यस ढँगले राज्यले युवाहरुलाई गरेको वेवास्ता र राज्यका तर्फबाट पारेको बहिस्करण वा वर्हिगमनले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा देशको समग्र विकासमा प्रभाव पार्ने छ। वर्तमान घटनाक्रमलाई नै बिष्लेष्ण गर्ने हो भने उनीहरुको समस्याहरुलाई राज्यले रणनैतिक रुपमा सम्बोधन वा समाधान गर्न सकेको छैन । त्यसैले प्रत्येक युवाहरुमो रहेको उर्जाशिल क्षमताको उपभोग र प्रयोग राज्य पुननिमार्ण प्रक्रियमा हुन सकेको छैन ।
त्यस्तै, दोलखा बाबरे ५ का बिभिषण पाण्डे पनि कोटेश्वर चौकमा भेटिए । उनी यात्रुहरुलाई घडी बेच्ने काममा व्यस्त थिए । उक्त काम उनी बि.स.२०५८ साल देखि गर्दै आएका हुन् । राजधानीको पशुपति बहुमुखी कलेजबाट एघार कक्षासम्मको अध्ययन पुरा गरेका पाण्डेले घडी व्यवसायको कमाईले नै तीन जनाको परिवार पालिरहेका छन् ।
दशहजार को पुँजी लगानी गरी घडी व्यवसायको कार्य थालेका पाण्डेले उनलको पाँच बर्षे व्यापारको क्रममा उनी सँलग्न व्यवसाय पनि प्रतिस्पर्धात्मक भएको अनुभव छ । उनको व्यवसाय प्रती सकारात्मक र नकारात्मक बिचार राख्ने दुबै पक्षिय मानिसहरु भेटेका छन् । आफ्नो काम प्रति चिन्तित हुँदै भन्दछन्, “ सडकको बास भएको छ ।” नहोस् पनि कसरी उनी बिहान पाँच बजे देखी १० बजे सम्म र बेलुका दुई बजे देखी चार बजेसम्म सावरी साधनहरुमा भएका यात्रुहरुलाई आफुसँग भएका सामानहरु बेच्न सावरी साधनहरुको अघि पछि यात्रुहरुलाई भेट्न दौडिन्छन् । उनी समय मिलाएर फुर्सदको समयमा भृकुटीमण्डप, जाउलाखेल र रन्नपार्कसम्म परिवार सँगै जान्छन् । उनका एक श्रीमती र एक दुई बर्षीया छोरा छन् ।
बि.स.२०६३ सालमा एस्.एल्.सी दिई राजधानी छिरेका पाण्डेले राजधानी बसाईका प्रारम्भिक दिनहरु ज्यामी पेशा अँगालेका थिए । त्यस्तै, आर्थिक बर्ष २०६७÷०६८ को करिब नौँ महिना मलेसियाका एक दुध कम्पनीमा काम गरी उनी स्वदेश फर्केका हुन् । उनी भन्दछन्, “ सम्पुर्ण नेपाली युवा युवतीहरुले देशमा नै सर्घष गर्नुपर्छ ।” त्यस्तै, उनी आफ्नो व्यवसाय सडकबाट सञ्चालन गर्दा धेरै अप्ठ्यारो भएको अनुभव सुनाउँछन् । सवारीसाधनबाट निक्लने धुँवा, सडकको छेउछाउमा हुने फोहर मैलाले स्वस्थ्य बिग्रेको प्रति चिन्तित छन् । त्यसैले उनले अगाँलेको व्यवसाय थप व्यवस्थित गर्नुपर्ने बताउँछन् । उनी भन्दछन्, “ सम्बन्धीत पक्षले निश्चित ठाउँमा पसल सञ्चालन गर्न पहल गर्नुपर्छ ।” र उनको बुझाईमा उक्त कार्य सरकारले गर्न सक्छ ।
सरकारले युवा केन्द्रीत धेरै कार्यक्रमहरु र योजनाहरु ल्याउन सक्छ । र सरकार नै यस्तो निकाय हो जसले युवा वर्गमा रहेका सम्पुर्ण समस्याहरुको समाधान गर्न मध्यस्तकर्ताको काम गर्ने सक्छ । तर, देश देशको समग्र राजनीतिक पद्धति र राज्यको सञ्चालन “विधिको शासन” अनुसार चल्न सकेको छैन । त्यस्तै, राजनीतिक दलहरु तथा राजनीतिककर्मीहरु “युवा मैत्रि” हुन सकेका छ्रैनन् । यसको प्रभाव देशको समग्र विकास क्रममा नकारात्मक ढँगबाट पर्न गएको छ । त्यस किसिमले बिकसित हुँदै गरेको राजनीतिक व्यवस्थाको मारमा नेपाली युवावर्ग नै पर्ने गरेका छन् । त्यस्तै, २०५२ सालबाट सुरुभएको माओवादीको शसस्त्र द्धन्दको मारमा पनि नेपाली युवाहरु नै परे । मानवअधिकारबादी सँस्था अनौपचारिक सेवा केन्द्र इन्सेकले निकालेको “महिलामा शसस्त्र द्धन्दको असर” भन्ने प्रतिवेदन अनुसार माओवादी शसस्त्र द्धन्दमा मात्र करिव १३३४४ जना नेपाली नगरिकहरुले ज्यान गुमाएका छन् । जसमध्ये १०२९७ पुरुष, १०१३ जना मैहिला र २०३४ जनाको पहिचा खुल्न सकेको छैन । यो तथ्यलाई सरसर्ती अवलोकन गर्दा पनि नेपाल कम्युनिष्ट पार्टी माओवादीले सञ्चालन गरेको १० बर्षे शसस्त्र द्धन्दको समयमा पनि अधिँकास युवा युवतीहरुकै अकालमा ज्यान गुमाएका थिए ।
यस्तै, राज्य र राज्य नियन्त्रीयत निकायहरुले “युवा स्वस्थ्य सम्बन्धी नीति” समयमै जारी नगर्दा सहरी क्षेत्रहरुका युवा युवतीहरु लागुपदार्थको लतमा परेका छन् । त्यसैगरी, नेपाल सरकार स्वस्थ्य तथा जनसँख्या मन्त्रालयले २००९ मा प्रकाशन गरेको एक प्रतिवेदन अनुसार करिव ७० हाजर बयस्कहरु तथा युवाहरु एचआईभिबाट सँक्रमित छन् । त्यस मध्ये १५ देखी २७ बर्ष उमेर समुहका युवा युवतीहरु भने उच्च जोखिम समुहका युवायुवतीहरु हुन् । साथै, कुल प्रभावित एच आइभि सँक्रमित सँख्यामा करिव ३१ प्रतिशत महिलाहरु १५ देखि ४९ बर्ष समुहका छन् । त्यस्तै, कामको सिलसिलामा छिमेकी मुलुक भारत गएका नेपाली युवा युवतीहरु मध्ये करिव १६ प्रतिशत युवायुवतीहरु जोखिम पुर्ण यौन क्रियाकलापमा सँलग्न हुन्छन् र यौन क्रियाकलाप गर्ने ठाउँमा निरन्तर रुपमा जाने गर्दछन् । यी सबै तथ्यहरुबाट के प्रष्ट हुन्छ भने नेपाली युवाहरु नै स्वथ्यका हिसावले पनि उच्च जोखिम समुह भित्र पर्दछन् । जो कामको शिलसिलामा वा अन्य कुनै प्रयोजनले गर्दा देशकै शहरी क्षेत्रहरु र देशबाहिर गएका छन् ।
त्यसैगरी, युवाहरु नै देशमा सुरक्षित र दिगो ढँगको रोजगारीहरुका सम्भावनाहरु नभएर असुरक्षिक र जोखिम पूर्ण हुँदा हुँदै पनि नेपाली युवाहरु बैदेशिक रोजगारीमा लागि विभिन्न मुलुकहरु जाने गरेका छन् । त्यस्तै, देशको भौगोलीक अवस्था, भौगोलिक विकटता र समाजिक रुपमा फैलदै गएको कुरिति, अन्धविश्वास र अशिक्षाका कारण कारण नेपाली युवाहरु नै बर्षेनी छिमेकी मुलुक भारतका विभिन्न यौन क्रियाकालप गर्ने कोठीहरुमा बेचिन बाध्य भएका छन् । साथसाथै, देशकै विभिन्न सहरी क्षेत्रहरुमा यौनजन्य क्रियाकलाप, घरायसी श्रमीक, ज्यामी, भरिया, सडकबालबालिका, ड्राइभर, खलासि, होटल मजदुर आदी कार्यहरु युवावर्ग नै सँलग्न छन् ।
त्यसैले, देशमा बढ्दै गएको युवावर्गको समस्याहरुलाई सम्बोधन गर्न सबै सरोकारबालाहरुले युवा वर्गका बिचार र भावनाहरुलाई समाधान गर्न समुहिक पहल गर्नुपर्छ । र त्यस पछि मात्र युवामा बढ्दै गएको नैराश्यतालाई समाधान गर्न सकिन्छ । तर मात्र युवासँग राज्यको पुननिमार्ण प्रक्रियामा युवावर्गमा भएको जोश र जाँगर र क्षमता र ज्ञानलाई पैचो माग्न सकिन्छ । त्यसका लागि सर्वप्रथम देशको समग्र राजनीतिक अवस्थामा सुधार आउनु पर्छ । देशको समग्र राजनीतिक पद्दतिमा सुधार आए नेपाली युवाहरुको परिचालन र व्यवस्थापन ग्रामिण क्षेत्रहरुमा मात्र होइन राष्ट्रिय स्तरसम्म गर्न सकिने तर्फ औँल्याउँदै यूवा अधिकारकर्मी पवन राय भन्दछन्, “नेपाली युवाहरुलाई राज्यले विभिन्न निकाय र संयन्त्रहरुमा रोजगारीको अवसर सृजना गरिदिनुपर्छ ।” तर दातृ निकायको पैसाले गर्दा केही शिक्षित युवाहरु ती दार्त निकायहरुको स्वार्थ अनुसार हिँडेको फलस्वरुप अधिकाँस नेपाली युवाहरु भने देश भित्रै सानो तिनो रोजगारीमा सँलग्न हुनको साटो उनीहरु वाध्य भएर बैदेशिक रोजगारीका लागि विभिन्न खाडी मुलुकहरु जाने गरेको बुझाई युवा अधिकारकर्मी पवन रायको छ ।
त्यसैले, सरकारले तुरुन्तै “युवा मैत्री कार्यक्रमहरु” ल्याउनु आवश्यक छ । ती सरकारी कार्यक्रम तथा नीतिहरुले अधिकाँस युवावर्गमा रहेको सम्पुर्ण समस्याहरुको समाधान गर्न सकोस् । जस्तै, युवाहरुमा रहेको आफ्नो गाउँघर छोड्दै बैदेशिक रोजगारीका लागि देश बाहिर जाने चलने, देशकै सहरी क्षेत्रमा बसाई सर्ने प्रक्रिया, यौजजन्य क्रियाकलापमा सँलग्नता, शारीरिक श्रमको व्यापार, लागु पदार्थको लत आदी युवासमस्याहरुको समाधान होस् । त्यसका लागि सरकारले प्रत्येक गाउँघरहरुमा विकासका पूर्वाधारहरु (बाटोघाटो, खानेपानी आपुर्ती, बिद्युत प्रवाह, सूचना तथा सञ्चार र नहर व्यवस्था) पु¥याउनु आवश्यक छ । र ती विकासका पूर्वाधारहरुको प्रयोग र परिचालनमा प्रत्यक्ष रुपमा युवालाई सहभागि र सँलग्न गराउनु पर्छ ।
युवाहरुलाई नै ती विकासका पूर्वाधारहरुको सञ्चालन र व्यवस्थापनका लागि बुढा र पुराना पुस्ताले नेतृत्व हस्तारण गर्नुपर्छ । त्यस्तै, राज्यले नै प्रत्येक गाउँघरमा पाइने स्थानीय श्रोत तथा साधनहरुको प्रयोग र परिचालनबाट स्थानीय स्तरमा साना तथा मझौला किसिमका उद्योगधन्दा र कलकारखानको स्थापना गर्न गृहकार्य गर्नुपर्छ । र ती गाउँबस्तीहरुमा रहेका युवाहरुलाई ती औद्योगीक निकायमा सँलग्न गराउनुपर्छ । तव मात्र गाउँबाट युवाहरु अन्त्य जाँदैन । र नेपालमा बढ्दै गएको युवा बेरोजगारी समस्याको अन्त्य हुन्छ अथवा बढ्दै गएको बेरोजगारी युवाहरुको सँख्यामा उल्लेखिय रुपमा कमी आउँछ ।
र अन्त्यमाः राज्यका ग्रामीण स्तर देखि राष्ट्रिय स्तरका विभिन्न निकायहरुमा युवाहरुको नेतृत्वदायी भूमिका, सँलग्नता, परिचालन र व्यवस्थापनबाट नै देशले राष्ट्रिय तथा अन्तराट्रिय रुपमा गुमाउँदै गएको आफ्नो साखलाई बचाउन सक्नेछ । त्यसका लागि राज्यका प्रत्येक निकायहरुमा युवाको रचनात्मक सहभागिता, सँलग्नता र परिकल्पना र सोच हुनुअवश्यक छ ।
भट्टराई युवा, रोजगार तथा आर्थिक क्षेत्रमा कलम चलाउँदै आइरहनु भएको छ ।