काठमाडौं । हरेक वर्ष कोजाग्रत पूर्णिमामा आयोजना गरिँदै आएको नेपाली कांग्रेसको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम यो वर्ष भने नहुने भएको छ ।
दिनप्रति दिन कोरोना संक्रमण बढ्दै गइरहेकाले यो वर्ष चियापान नगर्ने कांग्रेसले जनाएको छ । बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह गर्दै आइरहेको थियो ।
पार्टीको महाधिवेशनका सक्रिय सदस्यता वितरण तथा नविकरण कार्य पनि प्रभावित हुँदै आइरहेका छन् ।