सियोल । विश्व प्रसिद्ध मोबाइल निर्माता कम्पनि सामसुङका अध्यक्ष ली कुन–हीको ७८ वर्षको उमेरमा निधन भएको छ । कम्पनीले एक वक्तव्य जारी गर्दै उनको निधन आफ्नै निवासमा भएको उल्लेख छ । लीका श्रीमती, दुई छोरी र एक छोरा छन् ।
सामसुङ कम्पनीको वार्षिक कारोबार दक्षिण कोरियाको कुल गार्हस्थ्य उत्पादन ९जीडीपी०को पाँच भागको एक भाग बराबर रहेको विभिन्न सर्वेक्षणले जनाएका छन् । अहिले पनि सामसुङ विश्वको बढी नाफा कमाउने कम्पनि भित्र पर्दछ ।
सामसुङले उत्पादन गर्दै आइरहेको मोबाइल, नोट तथा ल्यापटपका ग्राहकहरु करौडौ छन् ।