दक्षिणकाली मन्दिर वरपर महिला उद्यमीको व्यवसाय संकटमा: सुधार समितिद्वारा लकडाउनमा पसल बहाल असुली

प्रवीण भट्टराई

प्रवीण भट्टराईको ग्राउण्ड रिपोर्ट,

ललितपुर । जुन सुकै मन्दिर परिसरमा मन्दिरमा आउने भक्तजनहरुको सुविधाका लागि विभिन्न सेवाहरु उपलब्ध हुन्छ । जो हामी सबैलाई थाहा नै भएको कुरा हो त्यसैले सबै दर्शनार्थीहरुको सुविधाका लागि भने रै स्थानीय महिला उद्यमी बिष्णु देवी श्रेष्ठ (६३) ले दक्षिणकाली मन्दीर परिसरमा गेडागुडीको खुद्रा पसल सन्चालन गरेकै १६ बर्ष भयो ।
दक्षिणकाली नगरपालिका वार्ड नम्बर ६ फर्पिङकी श्रेष्ठको पसलमा दाल, केराउ, भटमास, गहत, गुन्द्रुक, तिल, सिवी, बोडी, सिलाम, भाङ जस्ता मौसमी गेडागुडीहरु पाइन्छन् । ती सबै चिजविचहरु हाम्रा घरहरुमा दैनिक रुपमा उपयोग हुन्छन् ।

मन्दिर बन्द छ । धर्मालम्बीहरुले मन्दिर जान छोडेका छन् । तर दक्षिणकाली क्षेत्र सुधार समितिले भने पसल तथा बाहाल असुली जारी राखेको छ । व्यवासायीले दिन नसक्ने जनाए पनि जबरजस्ती उठाएको व्यवसायीले जनाएका छन् । बारम्बार प्रयास गर्दा पनि समितिका पदाधिकारीहरुसँग सम्पर्क हुने सकेन ।

कोरोनाको प्रभाव नहुँदा विगतमा दैनिक चार हजारसम्म उक्त पसलबाट आम्दानी हुने तर अचेल कोरोनाको असरले गर्दा मुस्किलले दैनिक एक हजार सम्म कमाइ भइरहेको उनी बताउँछिन् । उनको लागि यो पेशा व्यवसाय समय कटाउने मेलो भएको छ । र, हातखुट्टा चलुन्जेल यही पेशामा सँलग्न हुने उनी बताउँछिन् ।

आफैले गर्ने आफ्नै लागि गर्ने धारणा राख्ने बिष्णु देवी श्रेष्ठ उनको यो सानो व्यवसायबाट सन्तुष्ट छिन् । र उनको घर परिवारबाट पनि सरसहयोग पाइरहेको बताउँछिन् ।

१२ महिना नै उनी दक्षिणकाली मन्दिर परिसरबाट मन्दिर दर्शन गर्न आउने भक्तजन तथा दर्शनार्थीहरुलाई उनीहरुको घरको भान्साकोठामा दैनिक रुपमा पकाउन सकिने विभिन्न प्रकार खाद्य अन्नहरु विगत १६ बर्ष देखी विक्री गरी रहेकी छन् ।

दक्षिणकाली क्षेत्र सुधार समितीलाई उनले उक्त सानो खुद्रा पसल सन्चाल गरे बापत मासिक रु एक हजार पनि बुझाउँदै आएकी छन् । तर उनको बुझाइमा कोरोना तथा कोरोना पछिको बन्दाबन्दीका कारण उनको दैनिक आम्दानीको श्रोत भने घटेको छ । र उनको व्यापारमा नकारात्मक असर परेको छ ।साथै, दक्षिणकाली क्षेत्र सुधार समितिले पनि आवश्यक सहयोग र सहजिकरण नगरेको उनको गुनासो छ ।

र उनी उक्त खुद्रा पसलबाट गाउँघरमा उत्पादन हुने मौसमी कोषेबालीहरु ल्याएर बिक्रीबितरण गर्दछिन् । त्यस्तै, स्थानीय व्यापारीहरुबाट पनि केही अन्य खाद्य अन्नहरु खरिद गरी पुन विक्री गर्दछिन् । उनको बुझाइमा अन्य व्यापरीबाट खरिद गरी किन्नु भन्दा आफ्नै घरगाउँमा उत्पादन भएका अन्नवालीहरु विक्री गर्ने हो भने उपभोक्ताले अझ स्वस्थ्य र सफा खान सक्ने बताउँछिन् ।

साथै, दक्षिणकाली भगवतीको कृपाले गर्दा उनी र उनी जस्तै अन्य साना व्यवसायीहरु यो कोरोनाले सँकटग्रस्त भएको समयमा पनि सानो तिनो घरेलु व्यापार गरी जीविका चलिरहेकोमा उनी खुसी छिन् । र महिला उद्यमीहरुको लागि आर्थिक रुपमा यो पेशमा सँलग्न भएपछि परिवारका अन्य सदस्यहरुसँग भर पर्नु नपर्ने कुरालाई सहजै स्विकार गर्दछिन् ।

त्यस्तै, दक्षिणकाली नगरपालिका ८ छैमले की मिठु सुवेदी (४४) पनि दक्षिणकाली मन्दिर परिसरबाट विगत २० बर्षदेखि पुष्प व्यवसाय गर्दै आइरहेकी छन् । उनले घरका अन्य सदस्यहरुबाट उक्त पसल सन्चालनका लागि सहयोग पाइरहेकी छन् । महत्वपूर्ण धार्मिक पर्वहरु तथा उत्सवहरुमा बढी मात्रामा पुष्प व्यवसायको व्यापार हुने उनको धारणा रहेको छ । शनिवार र मंगलवार अन्य दिनहरुको तुलनामा बढी व्यापार हुने उनको अनुभव छ ।

उनी सो पसलबाट नरिवल, पूजाका सामाग्री सेट, अवरी, माला, ध्वजा पतका, धुप, अगरवत्ति जस्ता पुजाका लागि चाहिने सामाग्रीहरुको विक्री गर्छिन् । कोरोना र कोरोना पछिको बन्दाबन्दीका कारणले उनको पनि व्यवसाय सँकटमा पर्दै आएको छ । विक्री गर्न ल्याएका पुजाका सामाग्रीहरु विक्री नभै विग्रीए वा कुइएर गएको उनी दुखेसो गर्छिन् ।

साथै, दक्षिणकाली क्षेत्र सुधार समितिलाई लकडाउनका समयमा पनि मासिक टहरा तथा पसल बाहाल सन्चालन बापत तीन हजार भुक्तान गरी रहेको बताउँछिन् । ग्राहकहरु भन्दा पुष्प पसलहरु बढी भएको कारणले उनको यो पेश व्यवसायमा बढी प्रतिस्पर्धा बढेको उनको बुझाई छ । र दक्षिणकाली मन्दीर परिसरमा राखीका साना तथा मझौला पुष्प पसल तथा अन्य पसलहरुलाई व्यवस्थित बनाउनका लागि सम्बन्धीत निकायबाट पर्याप्त काम नभएको उनको धारणा छ ।

दक्षिणकाली एक शक्तिशाली देवीको प्रतिरुप हुन् । त्यसैले भक्तजनहरु यस ठाउँमा आएर पूजाआजा गर्छन् र आफ्नो मनोकाक्षा पुरा भएको विश्वास गर्दछन् । उक्त मन्दिर राजा प्रताप मल्लको पालामा १८२५ मा स्थापना भएको हो । यस ठाउँप्रति हिन्दु धर्माबलम्बीहरुको अथाह विश्वास र भरोसा रही आएको छ ।

जीवनयापनका लागि प्रत्येक व्यक्तीले कुनै एक पेशा व्यवसायमा सँलग्न हुनुपर्छ । हाम्रो देशमा पुरुषको तुलनामा महिलाहरु पूर्ण व्यवासायी हुनसकिरहेका छैनन् । नेपाली महिलाहरुको अर्थ उपार्जन गर्ने क्षमता पुरुषको भन्दा निकै कम छ । उनीहरु घर भित्रका कामहरुमा मात्र सँलग्न छन् त्यसैले महिला उद्यमशिलताको अभाव देशमा बढ्दै गएको सन्दर्भमा माथि उल्लेखित पुष्प व्यापार र दलहन व्यवसायमा महिलाको प्रत्यक्ष सँलग्नताले नेपालमा महिला उद्यशिलताको सम्भावना अझै विस्तारीत हुँदै गएको प्रष्ट हुन्छ । र उनीहरु आर्थिक रुपमा पनि सवल हुन्छन् भन्ने कुराको सँकेत गरि रहेको छ ।

विभिन्न प्रकारका सामाजिक तथा व्यवहारिक समस्या र चुनौती हुँदाहुँदै पनि महिलाहरु विभिन्न पेशमा सँलग्न हुनु भनेको सबै दृष्टीकोणले राम्रो हो । तर पनि देश अहिले बन्दाबन्दीको अवस्थामा छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाको प्रकोपले गर्दा मानिसहरु घर भित्रै बन्दीजीवन विताउन बध्य छन् ।

सामाजिक दुरी कामय गर्न उनीहरु प्रयासरत छन् त्यसैले मठमन्दीर र धार्मिक तिर्थस्थल लगाएत सबै किसिमका व्यवायिक क्षेत्र र निकायहरु बन्दाबन्दीको मारमा छन् । त्यसै पनि साना तथा मझौला व्यवासाय गर्ने महिला उद्यमीहरु पनि यस कोरोनाको प्रकोपबाट अछुतो छैन् त्यसैले महिलालाई पुरुष जस्तै समान आर्थिक हैसियतमा ल्याउनका लागि उनीहरु सँलग्न भएका साना ठूला सबै किसिमका व्यवसायलाई नियमित रुपमा सन्चालन गर्ने वातावरण तयार गर्नुपर्छ । सोही अनुसारले उपयुक्त निती र विधीको विकास गर्नु पर्छ । यदी यसो भयो भने मात्र नेपाली महिला उद्ममीहरुको जीवन स्तर उनीहरुको व्यवसायीक कार्य प्रगतीबाट सम्भव छ ।

 

भट्टराईले युवा, रोजगार तथा आर्थिक क्षेत्रमा कलम चलाउँदै आइरहनु भएको छ ।

 

 

 

 

 

  • ९ कार्तिक २०७७, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !