काठमाडौं। विजयादशमीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पत्नी राधिका शाक्यलाई टीका लगाएर दशै मनाएका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा उनले पत्नी शाक्यलाई धार्मिक विधिपूर्वक टीका तथा जमरा लगाएको उनको सचिवालयले जनाएको छ ।
अहिले देशभर कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी प्रधानमन्त्रीबाट यो वर्ष प्रधानमन्त्री निवासमा हुने ‘वडा दशैंको सार्वजनिक टीका कार्यक्रम’ नराखिएको सचिवालय एक वक्तव्य मार्फत जनाईएको छ ।