काठमाडौं । नेकपाकी केन्द्रीय सदस्य तथा युवा नेतृ राम कुमारी झाक्रीले आफ्नो सत्ता ( प्रधानमन्त्री ओली) टिकाउन क्षेत्रपाल तथा मुख्यमन्त्री राजधानी छिरेको भन्दै व्यंग्य गरेकी छन् । उनले क्षेत्रपालहरु अयोग्यता छोप्न आधारहिन हल्ला गरेर सत्ता टिकाउने षडयन्त्र गरेको आरोप समेत लगाएकी छिन् ।
प्रधानमन्त्री खड्ग प्रसाद ओली बिरुद्ध नेकपाका अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले अविश्वासको प्रस्ताव दर्ताको तयारी भएको खबर बाहिर आएपछि उनको प्रतिक्रिया आएको हो । उनले आफ्नो फेसबुकमा मुख्यमन्त्रीहरुले आफ्नो जिम्मेवारी छोडेर सत्ता टिकाउन काठमाडौं अर्थात् राजधानी छिरेको बताएकी छन् ।
प्रधानमन्त्री ओली बिरुद्ध षडयन्त्र हुन लागेको भन्दै मुख्यमन्त्रीहरु शंकर पोखरेल र पृथ्वी सुब्बा गुरुङ काठमाडौं आएका छन् । उनलाई प्रधानमन्त्री ओलीले बोलाएको जनाइएको छ । ओलीको गोप्य भेलामा मुख्यमन्त्रीद्वय पोखरेल र गुरुङ, उपप्रधानमन्त्री ईश्वर पोखरेल, ओली निकट नेताहरु तथा सल्लाहकारहरुको उपस्थिति रहेको ओली निकट श्रोतले जनाएको छ ।
तर नेकपा वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर नेताहरुले भने ओली निकट नेताहरुले हल्ला गरेर सत्ता टिकाउन यो सबै गरिरहेको बताएका छन् । उनीहरुले सचिवालय तथा स्थायी कमिटिले दिएका निर्देशन नमानेको, सरकार एकतर्फी ढंगले चलाएको तथा पार्टीलाई बदिनाम गरेको आरोप लगाएका छन् ।
भारतीय गुप्तचर संस्था रअ का प्रमुख सामन्त कुमार गोयलले प्रधानमन्त्रीले गोप्य रुपमा दुइ घण्टा बालुवाटारमा गोप्य भेटेपछि पार्टी भित्रका्े विवाद चर्किएको हो ।