काठमाडौं । नेपाल तरुण दलले ६८ औं स्थापना दिवसको अवसरमा ४ हजार थान मास्क, ३० थान पिपिई र ५२ थान फेस शिल्डलगायत स्वास्थ्य सामग्री सहयोग गरेको हो । उक्त सहयोग त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई सहयोग उपलब्ध गराएको अध्यक्ष जीत जंग बस्नेतले जनाएका हुन् । उनले एक वक्तव्य जारी गर्दै कोरोनाबाट बच्नको लागि स्वास्थ्यकर्मीका लागि सहयोग उपलब्ध गराएको जनाएका छन् ।
स्वास्थ्य सामाग्री नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ३ का महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउण्डेशनका अध्यक्ष मेन्ज खानले सहयोग गराएको वक्तव्यमा जनाएको छ ।