पर्सा। मुकेश चौरसिया हत्याको मुख्य आरोपीको रुपमा मुद्दा दर्ता भएसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पूर्वसांसद राजकुमार गुप्ता एकाएक फारार भएका छन् । कार्तिक ६ गते बिन्दबासिनी गाउँपालिकामा नेकपाको शपथ ग्रहण कार्यक्रममा भएको झडपमा चौरसियाको मृत्यु भएको थियो ।
चौरसिया बिन्दबासिनी गाउँपालिका समितिका सचिव हुन् । चौरसियाको परिवारले गुप्ताकै योजनामा सो घटना भएको भन्दै उनीसहित १२ जनाविरुद्ध बिहीबार मुद्दा दर्ता गराएको थियो ।
पूर्वसांसद गुप्ताको घरबाट उत्तम तिवारी र चिन्टु तिवारी नारायणी अस्पतालबाट फरार रहेको प्रहरीले जानकारी गराएको छ । पूर्वसांसद गुप्ताको खोजीकार्य भइरहेको जनाएको छ । पर्सा प्रहरीले पूर्वसांसद बिरुद्धको उजुरी लिएको थिएन ।