प्रवीण भट्टराईको ग्राउण्ड रिपोर्ट,
ललितपुर । ललितपुरे महिला उद्ममी लक्ष्मी नकर्मीले सिष्टर्स क्रिएशन पर्फेक्ट कर्न हस्क ह्याण्डिक्राफ्ट (लघु उद्मम) सञ्चालन गरेकै २० बर्ष भन्दा बढी भयो । उक्त लघु उद्ममको मुख्य कार्य भनेकै मकैको खोसेल्टाबाट विभिन्न जातजातिका सामाजिक तथा सँस्कृतिक पहिचान झल्किने गरी कल्चरल डलहरु तथा पोषाकहरु तयार गर्नु हो । साथै उनले घरायसी तथा अफिसियल सजावटका समानहरु बनाउनु हुन्छ । जसका लागि उनले ललितपुर जिल्लाका स्थानीय गाउँहरु बुंगमती, ठेचो, सुनाकोटीबाट मैकका खोसेल्टाहरु स्थानीय कृषकहरुबाट नियमित रुपमा खरिद गर्दछन् ।
उनको उद्योग वि. स. २०६५ सालमा घरेलु तथा साना उद्योग कार्यालय ललितपुरमा दर्ता छ । उक्त साना उद्योगले मुख्यतयाँ मैकका खोसेल्टाबाट विभिन्न जातका जातीय भेषभूषा तयार गर्दछ । सँगै किरीङ, व्याग, विभिन्न देवीदेवताका गुडिया तथा प्रतिमाहरु आर्कषक डिजाइन बनाउने गर्दछन् ।
अरु बेला बिक्री भए पनि उनको बजार भनेको चाडपर्व नै हो । खासगरी दशै, तिहार, जन्म उत्सव, विदाइ समारोह, विवाह, व्रतबन्ध, नयाँ बर्ष आदिमा उनको सामाग्रीको माग ह्वात्तै बढ्छ । आधुनिक पुस्ताका लागि पनि भ्यालेन्टाइन डे का दिनमा उनको पसलमा युवाहरु भिड थामी नसक्नुको हुन्छ । उनले भनिन्, युवा पुस्तामा पनि नेपाली घरेलु उत्पदानप्रतिको आर्कषणले आनन्द र खुशी अनुभु हुन्छ ।
उनका अनुसार किसिमका सामाग्रीहरुको प्रयोग बालवालिका र यूवा पुस्तामा बढी रहेको छ । र यी हस्तकलाका सामाग्रीहरुको विक्री वितरण भने राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारहरुमा रहेको महिला उद्ममी लक्ष्मी नकर्मी बताउँछिन् ।
सिष्टर्स क्रिएशनमा दुलाहा दुलही, कुमारी, ज्यापु–ज्यापुनी, मगर, राई, थकाली, राउटे लगायत सबै समुदायका पुतलीहरु (कल्चर डल) निर्माण गरिन्छ । यहाँ चकटी, पेन होल्डर, किरिङ, क्याण्डल स्टान्ड, कलम स्टान्ड, डाइनिङ टेवल म्याट, हान्ड ब्याग र मैकको खोसेल्टाबाट घरेलु जुत्ता पनि तयार हुन्छ ।
यस प्रकारकको कार्यले महिलालाई उद्यमी बनाई देशमा साना तथा मझौला व्यवसाय विस्तारमा सहयोग पुगेको छ । साथै, स्थानीय श्रोत तथा साधनको समुचित प्रयोगमा पनि उल्लेखनीय कार्यप्रगति भएको छ । मकैका खोसेल्टाबाट तयार भएका कल्चरल डलहरु भारत, दुवाई, जापान, अमेरीका, जर्मन, अस्ट्रेलीया जस्ता अन्तराष्ट्रीय देशहरुमा पुगेका छन् । काठमाडौंमा १५ ओटा स्थानहरुमा उनले नियमित सामाग्री उपलब्ध गराउँदै आइरहेकीछन् । न्युरोड, सानेपा, मँगलबजार, लाजिम्पाट, नगरकोटमा रहेका स्थानीय पसलहरुलाई नियमित रुपमा हस्तकलाका सामानहरु उपलब्ध गराउँदै आएको महिला उद्यमी लक्ष्मी नकर्मीले हामी सँगको भेटमा बताइन् ।
उक्त व्यवसाय सन्चालनका लागि उनले स्थानीय बैक तथा वित्तिय सँस्थाबाट रकम त्रृणमा लिएकी छन् । र उनले सो व्यवसायीक कार्यबाट मासिक रु एक लाख असी हजार (१,८०,०००) कमाउँदै आएकी थिइन् ।
कोरोना माहामारी र त्यसपछि उत्पन्न भएको बन्दाबन्दीका कारणले उनको व्यवसायिक आम्दानी आधा नै घटेको छ । त्यसले उनलाई मासिक रुपमा हुने व्यवसायीक खर्च वहन गर्न साह्रै मुस्किल परेको छ । त्यसैले उनी भन्दछिन् कोभिड चाँडै अन्त्य होस् । सबै वर्ग र क्षेत्रका ग्राहकलाई सो व्यवसायबाट उत्पान हुने घरेलु सजावटका सामानहरु सहजै विक्री वितरण गर्न सकियोस् ।
उक्त व्यवसायबाट ५० जना भन्दा बढी महिलाहरुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । ६ जना शारीरिक रुपमा फरक क्षमता भएका (श्रवण शक्ती कम भएका) महिलाहरुले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।
युवा, गृहिणी र वृद्ध महिलाहरुले पनि उनीहरुको घरबाट नै ती सजावटका सामानहरु बनाइ सानोतिनो आय आजर्न गरिरहेका छन् । तर सो व्यवसाय सन्चालन गर्नका लागि चाहिने कच्चा सामाग्रीको खरिद, रँङ, रिवन, कागत, कुट, घर भाँडा,ज्याला तथा स्थानीय कर (व्यवसायीक कर( बापत जम्मा एक लाख पच्चिस हजार (१,२५,०००) खर्च भइ रहेको उनले बताए ।
महिला उद्ममी लक्ष्मी नकर्मीलाई लाग्छ, जसरी महिला उद्ममीले व्यवसाय सचालन गर्नका लागि महिला उद्ममशिल कर्जा सहुलियत दरमा (वेस रेट प्रिमियम्) पाइरहेका छन् । त्यसैगरी महिलाले सञ्चालन गरेका यस किसिमको साना तथा मझौला व्यवसायमा लाग्ने बार्षिक व्यवसायिक करमा मिनाहा वा छुट दिनु पर्ने बताउँछिन् ।
मकैका खोसेल्टाबाट तयार गरिने गुडिया तथा हस्तकलाका सामानहरु प्रति स्वदेशी भन्दा विदेशी बढी आर्कर्षित छन् । वातावरण मैत्री, आकर्षक डिजायन तथा बनावट संरचनाले गर्दा स्वदेशीले भन्दा विदेशी नागरिकले वढी महत्व दिने उनले बताइन् । साथै, उनीसँग स्थानीय निकायहरु ललितपुर महानगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय ललितपुरसँग समन्वयन गरी धुलिखेल, पोखरा, साना गाउँ, धापागलग, आमा समूह, ज्यापु समाज, हस्तकला महासँघ काठमाण्डौंमा गएर स्थानीय महिलाहरुलाई गुडिया तथा हस्तकलाका सम्बन्धी शिपमुलक तालिम दिएको अनुभव पनि छ ।
२६ बर्ष अघी विना कुनै तालिम बेगरै १० हजार को लगानीबाट उनीले यस व्यवसायमा हात हालेकी थिइन् । शुरुआती दिनहरुमा धेरै व्यवसायिक संघर्ष गरेको उनी अझै सम्झिन्छिन् । र सजावटका सामानको विक्रीका लागि नयाँ बजारको खोजी गर्नु, तयारी तथा अर्ध तयारी बस्तुहरुको खरिद गर्नु उनका लागि धेरै चुनौतिपूर्ण थियो ।
समयक्रमसँगै महिला उद्यमी लक्ष्मी नकर्मी पोखरामा आयोजना भएको घरेलु हस्तकला प्रदर्शनीमा उत्कृष्ट र घरेलु महासंघबाट सक्षम महिला उद्ममी घोषित भइन् । त्यसैले, उनी कर्न हस्क (मैकका खोसेल्टा) बाट निर्मित हुने सजावटका सामानहरुले आफ्नो व्यवसायिक लक्ष्य निर्माणमा ठुलो सहयोग पुर्याएको बताउँछिन् ।
उनको बिचारमा शिपमुलक तालिमहरु खेलाउना बनाउने, मनै बत्ती बनाउने, सिलाइकटाई तथा अन्य व्यवसायिक तालिमहरुप्रत्येक घरका महिला सदस्यहरुलाई दिनु पर्ने उनको सुझाव छ । साथै, यस पेशलाई राम्रो बनाउनका लागि कृषि पेशामा मैकबालीलाई अझ बैज्ञानिक तथा व्यवस्थित बनाउन आवश्यक छ, उनी भन्छिन् ।
स्थानीय निकाय वा सरकारले स्थानीय रुपमा बाली विकास गर्न सुहाउँदो कृषि योजना तथा कृषि कर्म गर्नु पर्ने उनको भनाइ छ । साथै, अफिसियल उपाहारमा सबै सरकारी तथा निजी कार्यालहरुले अनिर्वाय रुपमा कल्चरल डलहरुलाई प्रयोगमा ल्याउनु पर्ने उनको धारणा छ । यस अभ्यासले गर्दा नै नेपाली शीप, श्रोतको उच्चतम् प्रयोग भइ नेपाली व्यवसायको अझ थप विस्तार हुने तर्क पेश गर्दछिन् ।
विभिन्न व्यवसायिक आरोह तथा अवरोह पार गर्दै आजको यस समयमा उनी नेपालकै एक सक्षम महिला उद्यमी भएकी छन् । व्यवसायीक कार्यकै लागि सन् २००४ मा दुबई गएकी थिइन् । स्वदेश तथा विदेश गरी आफ्ना व्यवसायिक उत्पादन सहित बार्षिक १० बटा जती हस्तकला प्रदर्शनीमा सहभागिता जनाएकी छन् । त्यसैरी, मकैको खोसेल्टा संग्रह तथा संकलन गरी सामान बनाउनु, विभिन्न सार्वजनिक प्रदर्सनीमा भागलिनु र विभिन्न पसलमा सामानहरु नियमित रुपमा आपूर्ती गर्नु उनका नियमित व्यवसायिक कार्यहरु हुन् । उनी निर्धक्क भन्छिन्, पहिले पहिले उपयुक्त बजार पाउन अभाव हुँदाहुँदै पनि आज म यो सफलताको स्थानमा छु ।
राज्यका सम्पूर्ण निकायहरु महिलामैत्री बन्न नसकिरहेको यो राज्यको संघीय संरचनामा पनि केही मात्रामा महिलाहरु भने आफै आर्थिक रुपमा सक्षम भइरहेका छन् । उनीहरु पुरुष सरह नै विभिन्न पेशा तथा व्यवसायमा संलग्न छन् ।
हाम्रो समाजमा सामाजिक शसक्तिकरणमा ठूलो योगदान पुर्याउँछ । महिलाहरु शिक्षित हुनु, लैंगिक विभेदका घटनाहरु कम हुँदै जानु पनि महिलाहरु व्यवसायिक रुपमा सक्षम हुनु हो । स्वतन्त्र पूर्वक कुनै पेशमा संलग्न हुनु, श्रोत साधनको प्रयोग गर्दै कुनै पनि व्यवसायिक ध्ययेका लागि आफै चुनौती र जोखिम लिइ धेरैलाई रोजगारीको अवसर अरुलाई दिनु पनि महिला व्यवसायी हुनुको प्रमुख कार्यगत विशेषता हो ।
शहरीकरण र उद्योगको निजीकरण तथा व्यवसायीकरणले पनि महिलाहरु उद्ममशिल भएका छन् । पुरुष प्रधान समाज हुँदाहुँदै पनि लोकतान्त्रिक मूल्य, मान्यता र संचारजगतमा आएको परिवर्तनलाई आत्मासाथ गर्दै अचेल नेपाली महिलाहरु पनि अर्थिक रुपमा धनी र व्यवसायिक रुपमा सफल व्यवसायी भएका छन् । यस प्रकृयाले आगामी दिनमा पुरुष र महिलाबीच हुने सामाजिक दुरी पक्कै कम हुँदै जाने छ । जसको प्रत्यक्ष उदाहरण महिला उद्यमी लक्ष्मी नकर्मीलाई लिन सकिन्छ जो कर्न हस्क (मैकको खोसेल्टा) बाट विभिन्न कल्चरल गुड्स र सजावटका सामानहरु बनाएर आफ्नो व्यवयिक कार्य यही पुरुष प्रधान प्रतिस्पर्धात्मक व्यवसायिक समाजमा सफलताका साथ गरिरहेकी छन् ।
भट्टराईले युवा, रोजगार तथा आर्थिक क्षेत्रमा कलम चलाउँदै आइरहनु भएको छ ।