काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउन रोक लगाएको छ । महामारीमा खानाबाट बच्चितहरूलाई विभिन्न अभियन्ताहरूले नियमित खाना खुवाउँदै आएका थिए ।
खुलामञ्चमा खाना खुवाउँदा सरकारको इज़्ज़त गएको कारण देखाउदै महानगरपालिकाले खाना खुवाउन रोक लगाएको हो ।
केही अभियन्ताहरुले लामो समयदेखि खुलामञ्चमा कोरोनाका कारण समस्यामा परेका श्रमिक, गरीब र असहायलाई खान वितरण गर्दै आएका थिए ।
माथिको आदेश भन्दै महानगरले खाना खुवाउन रोक लगाएको खाना खुवाउने अभियानामा संलग्न हाम्रो टिम नेपालका विमल पन्तले आजभोलिलाई बताए ।
सडकमा खाना खुवाउँदा सरकारको बेइज्ज भएको भन्दै महानगरका प्रहरीले माथिको आदेश अनुसरका अभियानामा रोक लगाएको बताए ।
‘खाना खुवाउने हो भने घर लगेर खुवाउनु । यसरी सडकमा खाना खुवाउँदा सरकारको बेइज्जत भयो ।’ महानगर प्रहरीको भनाइ उदृदत गर्दै पन्तले भने ।