बुटवलमा राजाको पक्षमा बृहत प्रर्दशन

आजभोलि

बुटवल । बुटवलमा नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाहको पक्षमा बिशाल प्रर्दशन भएको छ । मोटरसाइल र्‍यालीमा युवाहरुको ठूलो सहभागिता रहेको थियो ।

बीर गोर्खाली अभियान नामबाट रुपन्देहीको मणिग्रामबाट निकालिएको र्‍यालीमा ठूलो संख्या उपस्थिति रहेको थियो । अन्तिम राजा ज्ञानेन्द्र र रानी कोमलको तस्बिर छापिएका टिसर्ट लगाएका युवाहरु राष्ट्रिय झण्डा बोकेर र्‍यालीमा सहभागी थिए ।

उक्त र्‍याली बुटवलको गोलपार्क परिक्रमा गरी ट्राफिकचोकमा आइ कोणसभामा परिणत भएको थियो । कोणसभामा कार्यक्रम संयोजक बसन्त विक्रम पाण्डेले राष्ट्रिय एकता र राष्ट्र बचाउन सडकमा निस्किएको बताए ।

र्यालीमा हिन्दु राष्ट्रको पुर्नस्थापना समेत माग गरिएको थियो । र उक्त अभियान देशव्यापी चलाइने बताइएको छ ।

 

  • १७ कार्तिक २०७७, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !