मेलम्ची आयोजना छिटो सम्पन्न गर्न सबै सहयोग गर्छौ ः अर्थमन्त्री पौडेल

आजभोलि

 

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मेलम्ची खानेपानी आयोजना छिटो सम्पन्न गर्न अर्थ मन्त्रालयले आवश्यक सबै सहयोग गर्ने बताए ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले सो कुरा बताएका हुन् । मन्त्री पौडेलले आयोजना सम्पन्न गर्नका लागि आवश्यक सहयोग र सहजीकरण गर्न अर्थ मन्त्रालय तयार रहेको बताए ।

उनले मेलम्ची आयोजनाको काम प्रभावकारी रुपमा अघि बढाउन राज्यका सम्बद्ध निकायबीच समन्वय गरिने पनि बताए । खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आायोजनामा अहिले सबै पक्ष खटिएर काम गरिरहेको जानकारी गराउनु भएको थियो ।

आर्थिक वर्ष २०७७÷०७८ को बजेट कार्यान्वयन, विशेष गरी पूँजीगत खर्चको अवस्था, विद्यमान समस्या र समाधानका बारेमा छलफल गर्न अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा चालु आर्थिक वर्षको बजेट कार्यान्वयन, आयोजनाहरुको भौतिक तथा वित्तीय प्रगतिलाई तिव्रताका साथ अघि बढाउनेमा जोड दिइएको थियो ।

  • २० कार्तिक २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !