सञ्चारमन्त्री गुरुङको सञ्चार माध्यामलाई नयाँ सोचका साथ अघि बढाउने प्रतिवद्धता

आजभोलि

काठमाडौँ । सरकारका प्रवक्ता समेत रहनु भएका सञ्चारमन्त्री गुरुङले सरकारी सञ्चार माध्यमहरुमा देखिएका कमी कमजोरी पत्ता लगाई नयाँ सोचका साथ अघि बढाउने प्रतिवद्धता गरेका छन । मन्त्री गुरुङले बुधबार अपरान्ह गोरखापत्र संस्थानको अनुगमन गर्ने क्रममा सो कुरा व्यक्त गरेका हुन् ।
मन्त्री गुरुङले गोरखापत्र संस्थानलाई संचार केन्द्रको रुपमा स्थापित गराउने गरी कार्य योजना बनाउन संस्थानमा कार्यरत विभागीय प्रमुखहरुलाई निर्देशन समेत दिएको थिए । ‘सबैलाई सुःखी र खुसी बनाउने उद्देश्यका साथ एक सय १८ वर्ष अघि स्थापना भएको गोरखापत्र संस्थानलाई ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्प अनुसार अघि बढाउन आवश्यक छ,’ मन्त्री गुरुङले भने ‘त्यसका लागि गोरखापत्र संस्थानमा कार्यरत कर्मचारीहरुले नयाँ सोचका साथ काम गर्नु पर्दछ ।’ मन्त्री गुरुङले गोरखापत्र संस्थान, नेपाल टेलिभिजन, राष्ट्रिय समाचार समिति, रेडियो नेपाललगायतका सरकारी संचार माध्यमलाई प्रभावकारी बनाउन आवश्यक ऐन, कानुनको निर्माण गर्न आफू लागिपर्ने उल्लेख गर्दै त्यसका लागि सुझाव दिन पनि सरोकारवाला निकायसँग आग्रह समेत गरे ।
मन्त्री गुरुङले बदलिँदो परिवेश अनुसार अघि बढाउन पनि गोरखा पत्र संस्थानका पदाधिकारीलाई निर्देशन दिए । उनले कोभिड–१९ नियन्त्रणका लागि प्रभावकारी सन्देश प्रवाह हुने गरी प्रकाशन तथा प्रशारणको काम गर्न विशेष ध्यान दिन पनि सरकारी संचार माध्यामलाई सचेत गराउनु बताए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले आर्थिक भार नहुने गरी कर्मचारीहरुको व्यवस्थापनमा ध्यान दिन गोरखा पत्र संस्थानका पदाधिकारीहरुलाई सुझाव दिएका थियो । संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुमारी भण्डारीले निजी क्षेत्रको संचार गृहसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा गोरखा पत्र संस्थान पुगेको बताए ।

  • २० कार्तिक २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !