काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले रुख रोपेर आफ्नो जन्मदिन मनाएका छन् । पूर्वमन्त्री समेत रहनुभएका नेता महतले आफ्नै घर प्रङगणमा रुख रोपेर मनाउनु भएको हो । उनले रुख अक्सिजन प्रतिक हो । उनले भने, सबैले आफ्नो जन्मदिनमा रुख रोपेर मनाउनुमा धेरै महत्त्व रहेको छ । रुखले अक्सिजन मात्रै होइन, वातावरण नै हराभरा बनाउने र मानवजीवनको लागि चाहिने स्वस्च्छ हावा, अक्सिजन पाउने छ ।
हरियो वन नेपालको धन भन्ने नारा नै रहेको परिपेक्षमा नेपाली कांग्रेसले समेत रुखलार्इ आफ्नो चुनाव चिन्ह र पहिचान बनाएको समेत बताए । नेपालको प्रजातान्त्रिक आन्दोलनमा रुखको धेरै महत्त्व र साइनो जोडिएको समेत बताए ।
उनले रुख रोपेर औचित्यता पुष्टि गर्दै उनले भने, आफू जन्मेको दिनमा विरुवा रोपेर जन्मदिन मनाउने संस्कार उत्कृष्ट छ । जन्मदिनमा रोपेको विरुवाले प्रकृति हराभरा बनाउने, वातावरण स्वच्छता राख्ने र फलफूल जडिबुटी प्राप्त हुने हुनाले सम्पूर्ण नेपालीहरुले आफू जन्मेको दिनमा एउटामात्र विरुवा रोप्ने हो भने करोडौं विरुवा हुर्कन्छन् । अनि त्यसले राष्ट्रको लागि महत्त्वपूर्ण योगदान हुन्छ ।
विरुवा रोपेर जन्मदिन मनाउने संस्कारलाई नेपाली मौलक संस्कारको रुपमै विकस गर्दा अझै समाज र विश्वमै सकारात्मक सन्देश जाने बताए ।