खाद्य कम्पनीको सहुलियत चिनी आएन, व्यापारीलाई मनपरी

आजभोलि

काठमाडौँ । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सहुलियत चिनी तिहार र छठपर्वमा पनि नआउने भएपछि निजी व्यापारीलाई मनपरी भएको छ । तिहार नजिकीदै गर्दा खाद्य कम्पनीले सहुलियत चिनी नल्याउँदा बजारमा व्यापारीले उपभोक्ताबाट मनपरी मुल्य असुल्न थालेका छन । बजारमा अहिले व्यापारीले प्रतिकेजी ८० देखि ८५ रुपैयाँ खुद्रा मुल्यमा पाइने चिनीलाई ९५ रुपैयाँ देखि १०० रुपैयाँ लिन थालेका छन । सरकारी कम्पनीले सहुलियत चिनी नल्याउँदा व्यापारीले त्यसको फाइदा उठाएका हुन् ।
सरकारले १२ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चाडपर्वलाई लक्ष्य गरी खाद्य व्यापार कम्पनीलाई र साल्ट ट्रेडिङ कर्पोरेसनलाई ३० हजार मेट्रिक टन चिनी आयात गर्ने निर्णय गरेको थियो  । सरकारले ५० प्रतिशत भन्सार महसुल छुटमा खाद्य व्यापार कम्पनीलाई १० हजार र साल्ट ट्रेडिङलाई २० हजार टन चिनी आयात गर्न स्वीकृति दिइएको थियो  । सरकारले दिएको सो स्वीकृति अनुसार साल्ट ट्रेडिङले सहुलियत चिनी ल्याएरहेको भएपनि खाद्य व्यापार कम्पनीले भने चिनी आयात गर्ने कम्पनीको टुङगो समेत लगाएको छैन ।

साल्ट ट्रेडिङका विभागीय प्रमुख ब्रजेश कुमार झाका अनुसार साल्टले २० हजार टन चिनी सहुलियत मध्येमा ५ हजार टन ल्याइसकेको छ । तिहार र छठपर्वसम्ममा थप ५ हजार टन चिनी ल्याइसक्ने उनले बताए । सरकारले सहुलियतमा आयात गर्न साल्टलाई दिनको अनुमति अनुसार निरन्तर चिनी आइरहेको उनले जानकारी दिए । साल्टसँग अहिले मौज्दात चिनी भएपछि निजी व्यापारीलाई समेत विक्री गर्न थालेको छ । साल्टले निजी व्यापारीलाई प्रतिकेजी ७७ रुपैयाँ २० पैसामा थोकमा विक्री गरीरहेको छ ।
निजी व्यापारीले भने थोकमा नै प्रतिकेजी ८१ देखि ८३ रुपैयाँ सम्म चिनीको मूल्य लिरहेका छन । तिहार र छप पर्व नजिकै गर्दा व्यापारीले थोकमै चिनीको मुल्य बढाएका छन ।

खाद्य व्यापार कम्पनीका नायब महाप्रबन्धक श्रीमणी खनालले खाद्यले चिनी आयात गर्नकै लागि गरेको टेन्डरमा कुनै कम्पनी इच्छुक नभएको बताए । उनले पहिलो पटक टेन्डर गर्दा १० हजार टन चिनी आयात गर्न कुनै पनि कम्पनी इच्छुक नहुँदा खाद्यको सहुलियत चिनी ल्याउन नसकेको बताए । उनले चिनी आयातका लागि फेरी दोस्रो पटक टेन्डर आब्हान गर्ने तयारी गरी रहेको बताए । महाप्रबन्धक खनालले अहिले टेन्डर आब्हान गरेर टेन्डर परिहाले पनि खाद्य कम्पनीको सहुलियत चिनी आउन करिब तीन महिना जति लाग्ने बताए । उनले सरकारी प्रक्रिया पुरा गर्दा गर्दा करिब तीन महिना समय लागे बताए । ‘सार्वजनिक खरिद ऐनअनुसार सूचना प्रकाशन गरियो । तर, एउटै कम्पनीले पनि आवेदन दिएनन्,’ महाप्रबन्धक खनालले भने, ‘चिनी आयातको टेन्डर मिति २९ असोज सम्म थियो । तर, कुनै पनि कम्पनीले टेन्डर परेन, । त्यसकारण फेरी अझै टेन्डर गछौँ  ।’

ऐनअनुसार ४५ दिनको सूचना प्रकाशन गरेपछि मूल्यांकन, एलसीलगायत प्रक्रिया गर्दा यो तिहार छठसम्म आउने कुनै सम्भावना नै छैन । उनले भने, सबै प्रक्रिया पुराउँदा करिब तीन महिना लाग्छ । अझै पनि टेन्डर पर्छ भन्ने छैन, ।

सरकारी तथ्यांक अनुसार सामान्य अवस्थामा घरायसी र उद्योगलाई गरी मासिक २० हजार टन चिनी खपत हुन्छ । दसैं, तिहार र छठका लागि दुई महिना थप १० हजार टन चाहिन्छ । तर बजार हस्तक्षेप गर्ने दायित्व पाएका यी दुई सरकारी स्वामित्वका कम्पनीसँग पर्याप्त चिनी नहुँदा निजी व्यापारीले त्यसको फाइदा उठाउँदै प्रतिकेजी चिनीमा १० देखि १५ रुपैयाँ बढी मुल्य लिने गरेका छ ।

सहुलियत दरमा आयात गरेको चिनी साल्ट टे«डिङ प्रतिकेजी मूल्य ७३ रुपैयाँ विक्री गर्दै आएको छ । चाडबाडलाई लक्ष्य गरी थप ३ रुपैयाँ छुट दिएको साल्टको चिनी प्रतिकिलो ७० रुपैयाँ पर्छ । तर, बजारमा व्यापारीले साल्ट भन्दा प्रतिकिलो २० देखि २५ रुपैयाँ महँगोमा विक्री गरी रहेका छन ।

 

  • २१ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !