काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले खुलामञ्चमा खाना नबाँड्न दिएको निर्देशनले काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यलाई स्पष्टीकरण सोध्ने भएको छ ।
खुलामञ्चमा खाना नबाँड्न काठमाडौं महानगरले दिएको निर्देशनका विषयमा मेयर शाक्यलाई नै बोलाएर स्पष्टीकरण सोध्ने निर्णय भएको समितिले जनाएको छ ।
समितिका अनुसार आउने सोमवार वा मंगलबार बैठक राखि र छलफल गर्ने भन्ने भएको छ । छलफलमा शाक्यसहित उपत्यकाका मेयर फोरमका प्रतिनिधिहरुलाई समेत बोलाइने छ ।