काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा जुनसुकै बेला पार्टी फु्ट्न सक्ने ओलीको चेतावनी दिएका छन् । आज भएको नेकपाको सचिवालय सदस्यहरूको अनौपचारिक बैंठकमा ब्रिफीङ गर्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले ओलीलाई उदृत गर्दै यस्तो बताएका हुन् ।
बैठकमा प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग हिजो भएको भेटबारे आफूपक्षीय नेताहरूलाई जानकारी गराएका थिए । आफूसँगको भेटमा ओलीले सहमति बेगर बैंठक बोलाए त्यो पार्टी फूटको बिन्दु हुनेछ भनेर चेतावनी दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
सचिवालय बैंठक बोलाउन आग्रह गर्ने
नेकपाका बहुमत सचिवालय सदस्यहरूले सचिवालय बैंठकका लागि प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीसमक्ष आग्रह गर्ने भएका छन्।
पार्टी मुख्यालय धुम्बाराहीमा बसेको सचिवालय सदस्यहरूको अनौपचारिक बैठकले शनिबार प्रधानमन्त्रीलाई भेटेर बैंठकका लागि आग्रह गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
कार्यकारी अध्यक्षलाई बैंठक बोलाउने अधिकार भएपनि पार्टी एकता जोगाउन ओलीसँगको सहमतिमै प्रचण्डले सचिवालयको अनौपचारिक बैठक बोलाएको श्रेष्ठले बताए । स्थायी कमिटी बैंठकका निर्णय कार्यान्वयन नगर्दा पार्टीमा समस्या आएको आफूहरूको निष्कर्ष रहेको श्रेष्ठले बताए ।
उहाले अहिलेको परिस्थितिमा पार्टीमा जुनसुकै प्रकारको समस्या, गत्यावरोधको स्थिति देखापरेको भएपनि सहमतिका आधारमा बैठक बस्ने र पार्टी एकतालाई बचाउँदै विधि र पद्धतिका आधारमा लैजान अविलम्ब बैठक बोलाउनुपर्छ भन्ने निष्कर्ष रहेको जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री इश्वर पोखरे, गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेल सहभागि भएनन् भने कार्यकारी अध्यक्ष प्रचण्ड, बरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता श्रेष्ठ सहभागि थिए ।