भाइमसलाको मूल्य सस्तीयो

आजभोलि

काठमाडौँ । यो वर्षको तिहारमा भाइमसलाको मुल्य सस्तीएको छ । कोरोना महामारीका कारण विक्री नभएपछि यसवर्ष तिहारमा भाइमसालको मुल्य सस्तीएको हो । गतवर्षको तुलनामा यसवर्ष प्रतिकिलो ५ सय रुपैयाँ सस्तो भएको छ । नेपाल खुद्रा व्यापार संघक अध्यक्ष राजकुमार श्रेष्ठले होटलररेस्टुरेण्ट बन्द हुँदा मसलाको माग घटेको बताए । उनले अनुसार काजु किसमिस, छोकडा, बदामजस्ता वस्तुको खपत होटलमा सबैभन्दा बढी हुने बताए । कोरोना महामारीका कारण होटलररेस्टुरेण्ट बन्द हुँदा यो वर्ष भाइमसला खपत नै नभएको उनले बताए ।

व्यापार संघका अनुसार महामारीको समयमा ब्यापार घटेपछि सबैजसो वस्तुको मूल्य घटेको छ । यस अवधिमा भारतीय सुपारीबाहेक भाइ मसलामा प्रयोग हुने अन्य सबै वस्तुको मूल्य घटेको हो । भारतीय सुपारीको मूल्य भने बढेको छ । गत वर्षको तिहारमा ६५० रूपैयाँ प्रतिकेजीमा बिक्री भएको भारतीय सुपारी यो वर्ष बढेर ९०० रूपैयाँ पुगेको छ । त्यसबाहेक अन्य सबै वस्तुको मूल्य प्रतिकेजी २० देखि ५०० रूपैयाँसम्म घटेको छ । सुकमेलको मूल्य किलोमा ५०० रूपैयाँसम्म घटेको छ । गतवर्ष प्रतिकेजी पाँच हजार ५०० रूपैयाँमा पाइने सुकमेल यो वर्ष किलोमा पाँच हजार रूपैयाँ पर्ने व्यापार संघको भनाइ छ । ल्वाङको मूल्य पनि प्रतिकेजी ५०० रूपैयाँले नै घटेको छ ।

  • २४ कार्तिक २०७७, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !