प्रवीण भट्टराईको रिपोर्ट,
बन्दाबन्दीको कारणले सुनचाँदी व्यवसाय तथा व्यवसायी थप सँकटमा । विस्थापित सुनचाँदी व्यवसायीलाई पुन नियमित व्यवसायमा फर्काउन सुहाउँदो नीति नियमको खाँचो ।
ललितपुर । सुन चाँदी गालेर विभिन्न प्रकारका गरगहना बनाउने कार्य नेपालीहरुको पुरानो पेशा हो । यो पेशा सामाजिक संरचनामा दलित भित्र पनि विश्वकर्मा समुदायका व्यक्तीहरुले गर्छन् । यो उनीहरुको पुर्खेली बाली घरे पेशा पनि हो ।
देशका प्रमुख व्यापरिकक सहर धरान, विराटनगर, दमक, विर्तामोड, जनकपुर, काठमाण्डौ उपत्यका र पोखरा जस्ता अन्य सहरी क्षेत्रमा यो लघुउद्यम गरेर धेरै व्यक्तीहरुले आफ्नो दैनिकी चलाइ रहेका छन् । साथै, यो सीपमुलक पेशा आफ्नै घर गाउँबाट पनि सञ्चालन गर्न सकिन्छ ।
सुन चाँदीबाट विभिन्न प्रकारका गहनाहरु बनाउने काम शिल्पकलासँग सम्बन्धित छ । सर्वप्रथम तिब्बतबाट सुन चाँदी ल्याई नेपालमा सुनचाँदीको व्यवसाय सुरु गरिएको कुरा इतिहासमा उल्लेख छ । तर अचेल भारत, अष्ट्रेलिया, युरोपियन देशहरु र अन्य विभिन्न अन्तराष्ट्रीय वजारहरुबाट सरकारी स्वकृतीमा नेपाल राष्ट्र वैकले सुन चाँदी खरिद सम्बन्धीको कारोबार गर्छ । र स्थानीय व्यापारीहरुलाई भने नेपाल सुनचाँदी शिल्प व्यवसायी संघ तथा अन्य सुनचाँदीसँग सम्बन्धित स्वायत्त निकायहरु मार्फत विभिन्न बाणिज्य बैकहरुबाट सुन चाँदी उपलब्ध गराइन्छ ।
सुनचाँदीबाट विभिन्न प्रकारका गरगहना बनाउनु एकदमै कलात्मक काम हो । मुलघर भोजपुर घोरेटार घर भएका रमेश गहतराजले पनि पनि सुन चाँदीका गरगहना बनाउने तथा बेच्ने व्यवसायमा संलग्न भएका एक परिश्रमी तथा मेहनती सुनचाँदी उद्ममी व्यवसायी हुन् । उनी जाउलाखेल सुन चाँदी पसलका सञ्चालक हुन् । उनले विगत दश बर्षदेखि नियमित रुपमा उक्त पसल संचालन गर्दै आएका छन् ।
उनको नीजि पसल जाउलाखेल चोकमा वीर नेता गणेशमान सिँहको शालिकै अघी छ । उक्त सुनचाँदी पसलबाट उनी पनि उनका पिता पुर्खाले गरे जस्तै सुनचाँदीबाट बन्ने विभिन्न प्रकारका गरगहनाहरु न्युनतम् ज्याला र जर्ती लिएर बनाउने तथा विक्री गर्ने गर्दछन् । र उनी भन्छन् सुनचाँदीबाट बिभिन्न प्रकारका गरगहना बनाउने पेशा व्यवसाय गरेरै अचेल यो सहरमा आत्मनिर्भर भएको छु ।
सुनचाँदीबाट गरगहना बनाउने उनको जाती समुदायको परम्परागत पेशा हो । उनले सुनचाँदी कमाएर गरगहना बनाउने शिल्पकलाका आधारभूत ज्ञान भने सानैमा घरमा नै बाउ बाजेहरुबाट सिकेका हुन् त्यसैले उनी अचेल यही पेशामा रमाइरहेका छन् । र उनको बिचारमा देशमै युवा लक्षीत रोजगारीका अवसरहरु सृजना गर्नुपर्छ । र युवाहरुलाई सानोतिनो पेशा व्यवसायमा संलग्न गराएर अधिकांश देशका युवालाई स्वरोजगार बनाउनु पर्छ । यूवालाई रोजगारी दिने सन्दर्भमा अहिले पनि ६ जना दक्ष कालीगढहरुले उनको निजी सुनचाँदी पसलमा गरगहना कमाउने शिल्पकला सम्बन्धि रोजगारी पाइरहेका छन् ।
दशै, तिहार, विवाह, ब्रतबन्ध तथा अन्य संस्कृतीक पर्व तथा उत्सवको समयमा बढी सुनचाँदीका गरगहना विक्री हुने उनको बुझाइ छ । तिलहरी, चुरा, माडवारी, झुम्का, कण्ठ, रानीहार, नेक्लेस् तथा अन्य गरगहना बनाइ सो सुनचाँदी पसलबाट ग्राहकहरुलाई विक्री गरिन्छ । विशेष गरी महिलाहरु नै सुनचाँदीका गरगहनाका नियमित ग्राहकहरु हुन् । सामाजिक अन्तरघुलनमा थप मद्दत मिलोस् हामी सुनचाँदी कमाएर पेशा व्यवसाय गर्ने भए पनि हाम्रो जाती वर्ग र समुदायको उनी तर्क गर्दछन् ।
सुन भनेको सुखको गहना दुःखको खजना हो भन्ने ठान्ने भोजपुरे ठिटो बैदेशिक रोजगारीका लागि केही बर्ष कतारसम्म गएका थिए । तर स्वदेशमा नै केही गर्नु भन्ने सोचका साथ अचेल आफ्ना पिता पुर्खाले आदिम कालदेखि नै अपनाउँदै आएको पुर्खेली सुनचाँदी कमाइ गरगहना बनाउने र विक्री गर्ने काम गर्दै आइरहेका छन् । उनी भन्छन्, नेपाली युवाहरुको विदेशिने चलनलाई रोक्नु पर्यो । र स्वदेशमा नै स्वतन्त्रपूर्वक कुनै एक पेशा व्यवासाय गरेर उनीहरुलाई जिवीकोपार्जन गर्न वातावरण बनाउनु पर्यो ।
शुरुमा पचास लाख लगानी गरेर सुरु गरेको उक्त सुनचाँदी पसलमा अचेल मासिक १५ लाखसम्मको करोबार हुन्छ । तर कोरोना भाइरसको प्रकोपसँगै लामो समयसम्मको बन्दाबन्दीको कारणले उनको पसल पनि ४ महिना जति बन्द गर्नु पर्यो । मासिक रुपमा हुने खर्च धान्न उनलाई पनि मुस्किल भयो । त्यसैले उनी भन्छन् कोरोनाको संक्रमणले गर्दा यो पेशा व्यवसायमा संलग्न हुने म जस्तै अन्य पेशा व्यवसायीहरुलाई जीवन निर्वाह गर्न अप्ठ्यारो भएको छ ।
अर्कोतर्फ अन्तर्राष्ट्रीय बजारमा परेको कोरोना भाइरसको विश्वव्यापी संक्रमणको प्रभाव नेपालको स्थानीय बजार र व्यापारीमा पनि परेको छ । लकडाउनको अवधि देश भित्र सुनचाँदीको बजारपूर्ण रुपमा ठप्प भयो । अचेल नियमित कारोबार पनि हुन सकिरहेको छैन् । कोरोनाका कारणले सुन चाँदीको बजार मूल्य पनि बढेको छ । बन्दाबन्दीको कारणले प्रति तोला सुनको मुल्य ७७ हजार बाट ९५ हजार सम्म पुगेको छ । अन्य आम्दानीका श्रोतहरु पनि कम भएकोले आम नागरिकको क्रय शक्ती पनि कम भएको छ । त्यसैले सुन चाँदीको भाउ बढेसँगै नियमित रुपमा सुन चाँदीका गरगहना प्रयोग गर्ने आम उपभोक्ताहरुको संख्या पनि उल्लेखिय रुपमा घटेको छ । र उनीहरु नियमित सुनचाँदी बजारबाट तितरवितर भएका छन् ।
बन्दाबन्दीको अविधमा, आमउपभोक्ताहरुले आफूसँग भएको सुनका गरगहनाहलाई नै पुनःविक्री गर्न थालेका छन् । त्यस्तै, कतिपय नियमित व्यवसायीहरु सँक्रमणकालीन अवस्थामा यो पेशा व्यवसायबाटै विस्थापित भएका छन् । त्यसैले विस्थापित भएका उद्यमीहरुलाई फेरी यही पेशामा फर्काउन र सुन चाँदी कमाउने व्यवसायलाई पुन नियमित रुपमा सन्चालन गर्नका लागि सरकारले सुन चाँदी व्यवसायीहरुलाई सहुलियत दरमा बैकिङ कर्जा उपलब्ध गराउनु पर्छ। उनी भन्छन् । साथै, सुनचाँदी व्यवसायीलाई उनीहरुको पुर्खेली पेशा व्यवासाय सञ्चालन गर्नका लागि कर्जा सम्बन्धी, सामानको बीमा सम्बन्धी, ज्याला तथा पारिश्रमिक सम्बन्धी, व्यवसाय तथा व्यवसायीको सुरक्षा सम्बन्धी, गुणस्तर मान सम्बन्धी उचित नीति नियम ल्याउन उनी सुझाव दिन्छन् ।
सुन चाँदीका गरगहना बनाउने पेशा तथा व्यवासाय नियमित रुपमा सञ्चालन गर्नका लागि साना व्यवसायीको हितमा सरकारले चाँडै नै सुहाउँदो निति नियम जारी गरोस् । त्यस्तै, साना सुनचाँदी व्यवसायीहरुलाई सर्वसुलभ ढंगबाट बैकिङ कर्जा उपलब्ध गराउन पहल गरोस् । र सुनचाँदीका गरगहनाहरुको वीमा सम्बन्धी नीति नियम सम्बन्धित पक्षले जारी गरोस् जसले गर्दा यस पेशामा संगलग्न हुने सबै साना उद्ममी व्यवसायीहरुको व्यवसायिक हित र सुरक्षा हुनसकोस् ।
देशमा अझ धेरै साना तथा मझौला व्यवासाय र व्यवसायीहरुको संख्यामा उल्लेखीय वृद्धि होस् । त्यसैगरी, जुन सुकैप्रकारका संकटकालीन अवस्थाहरुमा पनि स्थानीय बजारहरुमा सुन चाँदी व्यवसायीहरु र उपभोक्ताहरुले सहज ढंगबाट सुन चाँदीका गरगहनाहरु खरिद तथा विक्री गर्ने वजारीकरणको अवस्था श्रृजना होस् । साथै, सुन चाँदी पेशाकर्मी र व्यवसायको विस्तार र विकासका लागि देशबाट राजनीतिक अस्थिरता को अन्त्य होस् । दक्ष कालीगढहरुको संख्या देश भित्र उल्लेखीय रुपमा वृद्धि होस् । समग्रमा सुनचाँदी को कारोबारले देशको अर्थतन्त्र वृद्धिमा थप टेवा पुगोस् ।