काठमाडौं । नेकपाको स्थायी कमिटिको बैठकले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ । यसलाई पौष ७ गते बोलााइएको केन्द्रीय कमिटीको बैठकमा पेश हुनेछ। त्यसले निर्णय गर्नेछ ।
आज बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र जनादेशविरुद्ध भएको ठहर रहेको जनाइएको छ ।
अध्यक्ष ओलीले पार्टीको अनुशासन उल्लंघन गरेको ठहर गर्दै स्थायी कमिटी बैठकले अनुशासनको कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने निर्णयसमेत गरेको छ ।