काठमाडौं । आज पनि नेपाली कांग्रेसको महाधिवेशनको विषयलाइ लिएर केन्द्रीय समितिको बैठकमा चर्काचर्की भएको छ । पार्टी सभापती शेर बहादुर देउवा र केन्द्रीय सदस्य प्रकाशमान सिंहबीच भनाभना भएको थियो ।
सिंहले पार्टी सभापती कै कारण गएको निर्वाचन हार व्यहोर्नु परेको आरोप लगाएका थिए । उनले संसद विगठनपछि पार्टीले कुनै आन्दोलन घोषणा नगरेकोप्रति पनि रोष प्रकट गरेका थिए । उनले पार्टी महाधिवेशनमा गएर नयाँ नेतृत्व चयन गर्नुपर्ने अडान राखेका थिए ।
प्रकाशमान सिंहले देउवालाई आरोप लगाएपछि देउवा एकाएक झोक्किए । उनले भने, हिम्मत भए हटाएर देखाउन सिंहलाई चुनौती दिए । उनले भने, काठमाडौं जिल्ला सभापतीले आन्दोलन नगरेको बताए ।
बैठकमा पार्टीको महाधिवेशनमा केन्द्रति भएपछि उनले यो बैठक महाधिवेशनको बारेमा नभएकोले संसद भंगको विषयमा बोल्न केन्द्रीय सदस्यलाई निर्देशन दिएका थिए ।
सभापति देउवा र केन्द्रीय सदस्य सिंहबीच निकै बेर भनाभन भएको बैठकमा उपस्थित एक केन्द्रीय सदस्यले आजभोलिलाई जानकारी दिए ।