काठमाडौं । मनाङ मस्र्याङ्दी क्लब र मच्छिन्द्र फुटबल क्लबबीचको खेल स्थगित भएको छ । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत मनाङ मस्र्याङ्दी क्लब र मच्छिन्द्र फुटबल क्लबबीचको खेल स्थगित भएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले खराब मौसमको कारण देखाउँदै शनिबार र आइतबारका खेल स्थगित गरिएको जनाएको छ । चौथो चरणका खेलहरू एन्फा कम्प्लेक्समा भएको थियो । साथै उद्घाटनमा मैदानको अवस्था नमिलेकाले पाँचौं चरणका खेल दुई दिन पछाडि धकेलिएका छन् ।