काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यका लागि हुन लागेको निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ। बुढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा शनिबार बसेको पदाधिकारी बैठकले प्रदेश ६ बाहेक बाँकी प्रदेशका १४ उम्मेदवारको नाम टुंगो लगाएको हो।
प्रदेश ६ का उम्मेदवारको टुंगो भने साँझसम्ममा लगाइने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्।
प्रदेश नं. १
१. निरबहादुर विश्वकर्मा (पाँचथर) दलित
२. मिना पुलामी मगर (सुनसरी) महिला
३. राजेन्द्र घिमिरे (झापा) अन्य
प्रदेश नं. २
१. नगिना यादव (महोत्तरी) महिला
२. भोला पन्जियार (धनुषा) अल्पसंख्यक/अपाङ्गता
प्रदेश नं. ३
१. हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक) अन्य
२. छलीकुमारी शर्मा उपाध्याय (चितवन) महिला
प्रदेश नं. ४
१. सूर्यप्रसाद रेग्मी (स्याङ्जा) अन्य
२. विमला गौचन (म्याग्दी) महिला
प्रदेश नं. ५
१. बालकृष्ण पाण्डे (अर्घाखाँची) अन्य
२. गिरिजा न्यौपाने (दाङ) महिला
३. मेराज हलवाई (बाँके) अल्पसंख्यक/अपाङ्गता
प्रदेश नं. ७
१. प्रताप ठगुन्ना (बैतडी) अन्य
२. तुलसी देवकोटा (कैलाली) महिला