काठमाडौं । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले एक कार्यक्रममा सुदूरपश्चिमका नौ ओटै जिल्लाबाट पैशा दिएर सभामा भीड जम्मा गरेको आरोप लगाएका छन् । सबै जिल्लाबाट बसबाट मानिसहरु ओसारेको पनि बताए । उनले भने, धनगढीमा भएको भेलामा सहभागीलाई पैशा दिएर ल्याएको दाबी समेत गरेका छन् ।
उनले भने, धनगढीमा भएको प्रधानमन्त्री तथा नेकपाको एक समूहका अध्यक्ष खड्ग प्रसाद ओलीको आमसभा पञ्चे भेला भएको टिप्पणी गरेका छन् । उनले ओलीले गुट निर्माण गरी पार्टीलाई तहसनहस गरेको आरोप समेत लगाएका छन् । पञ्चले जस्तैं जबरजस्ती मान्छे जम्मा गरेको बताए ।
उनले ओली हिटलर जस्तै तानाशाह बनेको बताए । हामीले राणा, पञ्चायत, राजासँग लड्यौ । जित्यौ । तर ओली झुसे बारुलो भएकोले सहजै पराजय हुने बताए ।