काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनपछि देशभर एकै चोटी ७ सय ५३ ओटैमा प्रर्दशन गरेको छ । प्रधानमन्त्री खड्ग प्रसाद ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरेपछि कांग्रेस उक्त कदमको बिरोधमा छ ।
प्रधानमन्त्री ओलीको कमदलाई असंवैधानिक भन्दै कांग्रेस चरणबद्ध आन्दोलनमा छ । पार्टीभित्र सभापति शेर बहादुर देउवा र वरिष्ट नेता रामचन्द्र पौडेल पक्षधरबीच कांग्रेसको आगामी कार्यदिशालाई लिएर विवाद भइ रहेको छ ।
वरिष्ठ नेता पौडेल आन्दोलनमा जानु पर्ने अडानमा रहेका छन् । तर सभापति देउवा भने पर्ख-हेरको अवस्थामा रहेका छन् । देउवाले अदालत देखाउँदै आन्दोलनलाई मत्थर पार्ने योजनामा रहेको देखिन्छ । तर पौडेल भने सडकबाटै संसद पुर्नस्थापना गर्नुपर्नेमा जोड दिदै आइरहेका छन् ।
कांग्रेसले स्थानीय तहमा गरेको पव्रर्दशन निकै उत्साहजनक उपस्थिति देखिएको छ र सयौको संख्यामा देशभर कांग्रेसी कार्यकर्ता बिरोध प्रर्दशनमा सहभागी भएका छन् । यो कांग्रेसको स्थानीय तहको निर्वाचनपछि ठूलो अभियान हो ।