बोस्टन । गैह्र आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद अमेरिका म्यासाचुसेट्सको आगामी निर्वाचनका लागि चन्द्रदेव मण्डलले अध्यक्ष पदमा उम्मेद्वारीको घोषणा गरेका छन् ।
विगत एक दशकभन्दा लामो समयदेखि अमेरिकाको म्यासाचुसेट् राज्यमा बस्दै आएका मण्डल समाज भिजेका व्यक्ती हुन् ।
नेपालीहरुको आपसी एकता र सामाजिक सद्भाव क़ायम राख्न र म्यासाचुसेट्स राज्यमा रहेका नेपालीहरूको हितमा काम काम गर्नको लागि आफ्नो उम्देवारी रहेको अध्यक्षका प्रत्यासी मण्डलले आजभोलीसँगको कुराकानीमा बताए ।
सामाजिक कार्यमा सधै अग्र मोर्चमा रहेर काम गर्ने मण्डल म्यासाचुसेट्मा गैह्र आवासीय नेपाली संघको स्थापनाको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्यका एक हुन् ।