काठमाडौं । आज बसेको अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव नेपालबीच नेकपा एमालेको विवाद मिलाउन कार्यदल बनाउने सहमति भएको छ । नेकपा एमालेको विवाद मिलाउन दुबै पक्षबाट पाँच पाँच जना सदस्य रहने गरी कार्यदल गठन गरिएको छ ।
कार्यदलको संयोजकमा नेता सुवासचन्द्र नेम्वाङ्ग र भीम रावल रहेका छन् । ओलीका तर्फबाट, विष्णु पौंडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् ।
नेपालका तर्फबाट घनश्याम भुषाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् । । कार्यदलमा एमाओवादीबाट एमालेमा प्रवेश गरेका गृहमन्त्री राम बहादुर थापा बादल भने कार्यदलमा राखिएको छैन । यस अघि बादलको सहभागिताप्रति नेपाल पक्षले बिरोध गर्दै आइरहेका थिए । कार्यदललाई तीन दिनको समय दिइएको छ ।