काठमाडौं । संविधानको धारा ७६ ९५० बमोजिमको सरकारमा दाबी गर्न राष्ट्रपति विद्या भण्डारीले आह्वान गर्नुभएको छ ।दाबी गर्ने प्रतिनिधि सभाका सदस्यका लाग जेठ ७ गते शुक्रबार ५ बजेसम्मको समय तोकिएको छ ।
संविधानको धारा ७६ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बनेका केपी ओली प्रधानमन्त्री बनेका थिए । ओली सरकारले विश्वासको मत पाउने आधार नदेखिएको भन्दै उपधारा ५ बमोजिमको सरकार गठन प्रक्रिया थाल्न राष्ट्रपतिलाई आग्रह गरेबमोजिम नयाँ सरकारका लागि प्रक्रिया थालिएको हो ।
प्रधानमन्त्री ओलीले विश्वासकाृ मत प्राप्त गर्ने अवस्था नदेखेपछि विश्वासको मत नमाग्ने निर्णय गरेका हुन । अब उपधारा ५ बमोजिमको प्रक्रियामा जाँदा बहुमत सदस्यको समर्थन रहेको आधार पेस गरेमा राष्ट्रपतिले त्यस्तो सांसदलाई प्रधानमन्त्री नियुक्ति गर्ने व्यवस्था छ ।
तोकिएको सीमाभित्र कुनै पनि दलले बहुमतकाृ दाबी सहित आधार पेस गर्न नसकेमा नयाँ सरकार बन्न नसकी प्रतिनिधिसभा स्वतः भंग हुनेछ । देश नयाँ निर्वाचनमा जानेछ ।