काठमाडौं । नेकपा एमालेका नेता भिम रावलले प्रधानमन्त्री केपी ओलीले ल्याउन लागेका नागरिकता सम्बन्धी अध्यादेश नेपालीको अस्मिता तथा अस्तित्वमाथिको खेलवाड भएको जनाएको छन् ।उनले यो कार्य कुनै पनि हालतमा स्वीकाय नहुने चेतावनी दिएका छन् ।
उनले ट्वीट गर्दै भनेका छन् ‘नेपालको संविधानको धारा ७६(४)ऐच्छिक होइन बाध्यकारी हो।यसलाई छल्न मिल्दैन। नागरिकता देशको अस्मिता र अस्तित्वसंग गाँसिएको विषय हो।यसलाई कुर्सीको खेलसंग कदापि जोड्नु हुन्न।नगरिकताबारे संविधान सभामा धेरै बहस भई संविधानमा लेखिएको भन्दा फरक किसमले जानु नेपाल र नेपालीको हित विरूद्ध हुन्छ।’
प्रधानमन्त्री ओलीले आफ्नो सत्ता टिकाउन नगारिकता अध्यादेश ल्याएर सौदाबाजी गरेको जनाएका छन् । उनले प्रधानमन्त्रीको यो कदम संविधा बिरुद्ध भएको जनाएका छन् ।
नेपालको संविधानको धारा ७६(४)ऐच्छिक होइन बाध्यकारी हो।यसलाई छल्न मिल्दैन।नागरिकता देशको अस्मिता र अस्तित्वसंग गाँसिएको विषय हो।यसलाई कुर्सीको खेलसंग कदापि जोड्नु हुन्न।नगरिकताबारे संविधान सभामा धेरै बहस भई संविधानमा लेखिएको भन्दा फरक किसमले जानु नेपाल र नेपालीको हित विरूद्ध हुन्छ।
— Dr. Bhim Rawal (@BhimRawal179) May 21, 2021