काठमाडौं । प्रधानमन्त्री केपी ओली बिरुद्धको गठबन्धमा नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालको फेरि इन्ट्री भएको छ ।
नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठकमा नेपाल सहभागी भएका छन् । बुढानीलकण्ठ श्रोतका अनुसार उनी बैठकमा पुगिसकेको जनाएको छ ।
हिजो राती राष्ट्रपतिले नयाँ सरकार गठनका लागि भएको आव्हानपछि अब कसरी अघि बढ्ने भनेर सर्वदलीय बैठक ढाकिएको कांग्रेसले जनाएको छ । उक्त बैठकमा नेकपा माओवादीका अध्यक्ष प्रचण र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी रहेको जनाएका छन् ।
बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोगको बारेमा छलफल गरिने जनाइएको छ ।