कठमाडौं । सरकारले कोभिड रोकथाम तथा नियन्त्रणकाबलागि खोप खरिद गर्न २६ अर्ब ७५ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।
कोभिड १९ को परीक्षण र उपचार निःशुल्क तथा कोभिड–१९ नियन्त्रण र रोकथामका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ ।
कोरोना सङ्क्रमित बिरामीको लागि सबै प्रकारको अस्पताल तथा स्वास्थ्य संस्थाबाट उपचार सेवा उपलब्ध गराउन सेन्टर कमाण्डको अण्डरका कार्यन्वयनमा ल्याइने समेत उहाँले बताए ।
कोभिड बिरामीको उपचारमा संलग्न हुने स्वास्थ्यकर्मी, प्रयोगशालामा काम गर्ने कर्मचारी, सफाइकर्मी र कोभिड रोकथाममा प्रत्यक्ष रुपमा खटिने सुरक्षाकर्मीलाई प्रत्साहनस्वरुप प्रदान गरिने जोखिम भत्तालगायतका अन्य सुविधान सङ्क्रमण जोखिम कायम रहेको अवधिसम्मका लागि निरन्तरता दिइएको छ ।