बुटबल । कपिलवस्तुका दृगनारायण पाण्डे लुम्बिनी प्रदेशअन्तर्गतको राष्ट्रियसभाको उपनिर्वाचनको मतदानमा विजयी भएका छन् । उनी नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका थ्उि । उनले ४ हजार १ सय ४० मतभारले विजयी हुनुभएको छ ।
उनी माओवादी केन्द्र, उपेन्द्र यादव पक्षको जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थनमा उम्मेदवार बनेका थिए । उनले प्रदेश सभातर्फ दुई हजार १६ र स्थानीय तहतर्फ दुई हजार १ सय २४ मतभार प्राप्त गरी जम्मा चार हजार १ सय ४० मतभार प्राप्त गरेका थिए ।
उनका प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका चन्द्रबहादुर खड्काले तीन हजार ६ सय १२ मतभार प्राप्त गरेका थिए ।