नबिल र नेपाल क्रेडिट एण्ड कमर्स बैंक मर्ज हुने

आजभोलि

काठमाडौं । पछिल्लो समय कमर्स बैंक र विकास बैंकहरु मर्ज हुने बाढी नै चलेको छ । त्यही मेसोमा नबिल बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) मर्ज हुने भएका छन् । एनसीसीले नबिलसँग मर्जरमा जाने लगभग अन्तिम तयारी गरिरहेको छ । ‘यसको लागि दुवै बैंकले गत जेठ २८ गते बसेको सञ्चालक समिति बैठकले मर्जरसम्बन्धी निर्णय गरेको हो । मर्जरको लागि एनसीसीको एक सय कित्ता सेयर बराबर नबिलको ३५ कित्ता सेयर कायम हुने गरी सहमति गरिएको छ ।

उक्त सहमतिअनुसार मर्जर भएको खण्डमा एनसीसीको एक सय कित्ता सेयर हुनेले नबिलको जम्मा ३५ कित्ता मात्र सेयर पाउने छ ।
एनसीसीले यसअघि नेपाल बंगलादेश बैंकसँग मर्जरमा जानको लागि विभिन्न तहमा छलफल गरेको थियो । त्यसको लागि एनसीसीको एक सय कित्ता सेयरबराबर एनबी बैंकको ८० कित्ता सेयर कायम हुने सहमति समेत भएको थियो तर त्यो छलफल छलफलमा नै सीमित रह्यो । एनबीसँगको मर्जरको बारेमा कुनै निर्णय हुन नसकेको स्रोतको भनाइ छ ।

त्यसैगरी एनसीसीले ग्लोबल आईएमई बैंकसँग मर्जरमा जाने विषयमा छलफल गरेको थियो । त्यो छलफल सफलतामा परिणत हुन सकेन । एनसीसीले मर्जरमा जानको लागि सनराइज बैंकसँग पनि विभिन्न चरणमा छलफल गरेको र त्यो पनि सफल नभएपछि अहिले आएर नबिलसँग मर्जरमा जाने अन्तिम तयारी भएको हो । स्रोतका अनुसार अहिले पनि मर्जरको विषयमा नबिल बैंक र एनसीसी बैंकका सञ्चालकहरुबीच विभिन्न चरणमा छलफलहरु भइरहेका छन् ।

  • ३१ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !