काठमाडौं । ऋणपत्र जारी गर्न बैंकहरुको प्रतिस्पर्धा चलिरहेका बेला एनआइसी एशिया बैंक त्यो कित्तामा उभिएको छ । बैंकले जारी गर्न लागेको ऋणपत्रको १० वर्षे अवधि रहने । बैंकले जारी गर्न लागेको ‘एनआइसी एशिया ऋणपत्र २०८८’ नामक उक्त ऋणपत्र आगामी असार ६ गतेदेखि निष्कासन गर्न लागेको हो ।
बैंकले १ हजार रुपैयाँ अंकित मूल्य भएका ३० लाख कित्तामध्ये १२ लाख कित्ताले हुन आउने १ अर्ब २० करोड ऋणपुँजी रकममध्ये ५ प्रतिशत प्रतिशत अर्थात् ५० लाख कित्ता सामूहिक लगानी कोषका लागि र सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत् बिक्री गर्न लागेको हो । साथगै बाँकी रहेको १८ लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्ब ८० करोड ऋणपुँजी रकम व्यक्तिगत तवरबाट बिक्री गर्ने छ । बैंकको ऋणपत्र असार ६ गते निष्कासन भइ छिटोमा असार ९ गते र ढिलोमा असार २० गते निष्कासन बन्द हने छ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन पाउने जारी विज्ञप्तिमा जनाइएको छ ।