राष्ट्रपति र प्रधानमन्त्रीको अदालतलाई जवाफ

आजभोलि

ती रिटको प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री, प्रधानमन्त्री कार्यालय लगायतसँग लिखित जबाफ मागेको थियो । जबाफमा राष्ट्रपति कार्यालयले राष्ट्रपति स्वयंले कसैको सिफारिसबिना संविधानअनुसार गरेको कामकारबाही र निर्णय अदालतले बदर गर्न नसक्ने जानकारी दिएको छ ।

राष्ट्रपतिको यो अधिकारबारे कानुन व्यवसायीहरूले पक्ष र विपक्षमा आफ्ना तर्क बहसका क्रममा राखिरहेका छन् । तर अदालतको नजिर, संविधानको धारा ७६ (५) र पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन २०७४ को दफा १६ यी कुनै पनि आधारमा राष्ट्रपतिका निर्णयबारे सर्वोच्चले हेर्नै नसक्ने भन्ने व्यवस्था नभएको अधिवक्ता माधव बस्नेतको तर्क छ ।

उनले भनेका छन्– संविधानले जहाँजहाँ रिभ्यू अर्थात् न्यायिक परीक्षण गर्न हुँदैन भनेको छ, त्यहाँ प्रत्यक्ष रूपमा त्यसैका आधारमा मात्रै रिभ्यू गर्नेभन्दा बाहेक अरूमा सम्पूर्ण कुरा न्यायिक निरूपणको विषय बन्छ ।  अदालतलाई त्यसको अधिकार कहाँबाट आउँछ भने संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई छ । त्यसैले राष्ट्रपतिको निर्णयको न्यायिक परीक्षण हुन सक्छ ।

  • ५ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !