सभापतिमा दोहो-याउँने शेरबहादुर देउवाको घोषणा

निधिले देउवाकै सामु भने– मलाई सघाउनुस्, म उठ्छु

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले सभापतिमा गरेका छन् । कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको दोस्रो दिन सभापति देउवाले प्रदेश १ का आफूनिकट केन्द्रीय सदस्यलाई हिजो शनिबार बोलाएर छलफल गरेका हुन् ।

धनकुटाका पार्टीका सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की ९सुनसरी०, मीन विश्वकर्मा ९सुनसरी०, सीता गुरुङ ९तह्रथुम०, बाबुराम बस्नेत, डा। डीला संग्रौला ९मोरङ०, सुजाता परियारलगायत सहभागी थिए । छलफलमा देउवाले महाधिवेशनमा जित्ने गरी काम गर्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका थिए ।

‘संशोधित कार्यतालिका अनुसार महाधिवेशन हुन्छ । म सभापतिमा फेरि लड्छु । मेरो नेतृत्वमा संविधान कार्यान्वयन भएको थियो । तीन तहको निर्वाचन गराएँ । हामीले प्रतिनिधिसभामा लोकप्रिय मत सबैभन्दा बढी पाए पनि संसदमा सिट कम जित्यौं,’ देउवाको भनाई थियो । अब म पार्टीलाई सबैभन्दा ठूलो दल बनाउँछु र सरकारको नेतृत्व गरेर कांग्रेसको बाटोमा मुलुकलाई अगाडि बढाउँछु’ देवाले भनेका थिए ।

पहिलो कार्यकालमा मैले धेरै काम गर्न पाइँन, दोस्रो कार्यकालमा बाँकी काम गर्छु । त्यसैले सभापतिमा दोहोरिन चाहेको हुँ देउवाले भने । देउवाले सातै प्रदेशका केन्द्रीय सदस्यसँग छुट्टाछुट्टै भेट्ने कार्यक्रम राखेका छन् । त्यस्तै हिजै शनिबार प्रदेश २ का केन्द्रीय नेताहरुसँग देउवाले भेटेका छन् । पार्टी सभपति देउवाले असार ५ गते शनिबार दिउँसो प्रदेश २ का नेताहरुलाई भेटेका थिए ।

देउवा निवास बुढानीलकण्ठमा भएको भेटमा उपसभापति विमलेन्द्र निधि, आनन्द ढुंगाना, जंगीलाल रायलगायतका नेताहरु सहभागी थिए । देउवाले आफू सभापति उठ्ने भन्दै धेरैभन्दा धेरै महाधिवेशन प्रतिनिधि जुटाउन आग्रह गरेका थिए । उपसभापति निधिले भने आफू पनि सभापतिमा उम्मेदवारी दिने चाहना राखेको बताएका थिए । आफूले यसअघि पनि भनेको स्मरण गराउँदै उनले भने, ‘तपाई प्रधानमन्त्री बन्नुस्, म आफूले सहयोग गर्छु ।

सभापतिमा तपाईंको समर्थनमा म लड्छु ।’ लामो समयदेखि आफ्नो समूहमा रहेका निधिको प्रस्तावलाई सभापति देउवाले सहज रुपमा नलिएको एक नेताले बताए । उनका अनुसार देउवाले ‘लड्ने भए लड्नुस्, त्यो तपाईंको अधिकार हो’ भन्ने प्रतिक्रिया दिएका थिए ।

१३औं महाधिवेसनको अबस्था
निधिले भने आफू लामो समयदेखि टिममा रहेको र देउवाकै समर्थनमा सभापति लड्न चाहेको बताएका थिए । उनले सभापति देउवालाई सभापतिमा चुनाव लड्ने तयारीबारे पुनर्विचार गर्न समेत आग्रह गरेको एक नेताले बताए । केन्द्रीय सदस्यमा मात्र उठेका निधिले १३औं महाधिवेसनमा १६७७ मत ल्याएका थिए ।

१३औं महाधिवेसनमा नेपाली काँग्रेसको सभापतिमा तीन जनाले उम्मेदवारी दिएका थिए, जसमा सर्वश्री शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला थिए । तेस्रो मत ल्याएका सिटौलाले दोस्रो राउण्डको निर्वाचनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई कृष्णप्रसाद सिटौलाले समर्थन गरेका थिए ।

नेपाली काँग्रेसको सभपति हुनको लागि देउवालाई १५ मत पुगेको थिएन । प्रतिश्पर्धामा रहेका रामचन्द्र पौडेलभन्दा ५८६ मतभन्दा बढीले शेरबहादुर देउवाले निर्वाचन जितेका थिए । १३औं महाधिवेसनमा देउवाले १८८२ मत ल्याएका थिए भने पौडेलले १२९६ मत मात्र ।

पौडेको टीमबाट निर्वाचन जितेका डा। शशांक कोइरालाले १४१७ मत ल्याएका थिए भने कोषाध्यक्ष सीतादेवी यादवले १२१७ मत ल्याएकी थिइन् । देउवा टीमबाट चुनाव लडेकी चित्रलेखा यादवले जम्मा ८ मतले सीतादेवी यादवसँग चुनाव हारेकी थिइन् । चित्रलेखाले १२०९ मत ल्याएकी थिइन् ।

  • ७ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !